site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपको नेपाली टोलीमा नाम देख्दा आँसु आयो : साह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका निम्ति नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् । शनिबार पाँचौँ तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’विरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिएका हुन् ।

सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको बताए । टोलीमा आफ्नो नाम देख्नेबित्तिकै घरपरिवारसँग खुसी साटेको उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तिम म्याचमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको उनले बताए । यस दिन अनिलले दोस्रो विकेटका निम्ति करिब १०० रनको साझेदारी गरेका थिए ।

ब्याटिङमा ‘डेप्थ’ रहेको भन्दै उनले पहिलो विकेट पतन भएसँगै सम्हालिएर खेलेको बताए । सुरुमा आफ्नो ब्याटमा बल ‘कनेक्ट’ हुन नसकेको र आसिफ शेखलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो ।

Global Ime bank

शनिबार जितपछि ओपनर आसिफले आशा गरेअनुरूप नजिता नआएको बताए । तर, अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको उनले प्रतिक्रिया दिए । उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूका निम्ति यादगार क्षण रहेको उल्लेख गरे । विश्वकपअगाडि वेस्ट इन्डिजको जस्तो टोलीसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको पत्रकार सम्मेलनमा बताए । उनले विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए । साथै, उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे । यसपटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने उनले विश्वास व्यक्त गरे ।

सोमपालले आयरल्यान्ड र वेस्ट इन्डिजजस्ता बलिया टोलीसँगको खेलबाट राम्रो ‘एक्सपोजर’ पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गरे । नेपाली टोलीले यो शृंखलाभर राम्रो बलिङ र ब्याटिङ गरेको उनले बताए । दोस्रो खेलमा १६० रनको लक्ष्य ‘चेज’ गर्न नसक्नुको कारण नै शृंखला गुमाउनुपरेको सोमपालको भनाइ थियो ।

वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले छिटै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गरे । उनले नेपाल पनि बलियो रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement