खेल
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा सहभागी हुने नेपाली टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । विश्वकपका निम्ति त्यसतर्फ जानुअघि राष्ट्रपति पौडेलले नेपाली टिमलाई सफलताको शुभकामना सन्देश दिएका हुन् ।
आउँदो जुन १ देखि २९ सम्म हुने विश्वकपको यो संस्करणमा नेपालसहित २० टिमको सहभागिता छ । विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नै नेपाली टिमको बिदाइ गरिसकेको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा १५ सदस्य छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ १८:२८
प्रतिक्रिया दिनुहोस्