बाह्रखरी फोटो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
खेल हेर्न ठूलो संख्यामा समर्थक कीर्तिपुर पुगेका थिए । केही समर्थकले नेपालको राष्ट्रिय झन्डा समेत फहराएका थिए । नेपाली खेलाडीको प्रदर्शनमा उनीहरू उत्साहित देखिन्थे ।
शृंखला भने वेस्ट इन्डिज टोलीले ३–२ ले जित्यो । शृंखलामा नेपालले पहिलो र अन्तिम खेलमा जित दर्ता गरेको हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ १८:४७
प्रतिक्रिया दिनुहोस्