site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘८३’ र ‘सौर्यवंशी’ को फेस्टिबल रिलिज गरिने
Sarbottam CementSarbottam Cement

एजेन्सी । महाराष्ट्र सरकारले चलचित्र र टीभी शृङ्खला छायांकन गर्न अनुमति दिए पनि हलहरू कहिलेदेखि खुल्ने भन्ने कुरा अन्योल छ । यसका बाबजुद पनि सिनेमा चेनले चलचित्र ‘८३’ र ‘सौर्यवंशी’ हलमा फेस्टिबल रिलिज गर्ने घोषणा गरेको छ । 

एकपछि अर्को गर्दै धमाधम चलचित्रहरू अनलाइनमार्फ् रिलिज हुन थालेपछि हलहरूले यस्तो निर्णय गरेका हुन् । सोमबार मात्रै अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारले सातवटा बलिउड चलचित्र रिलिज गर्ने घोषणा

Prabhu Bank
Agni Group
NIC Asia

गरेपछि हल व्यवसायीहरूले पनि यस्तो घोषणा गरेका हुन् । 
सिनेमा चेन पीभीआर, आईएनओएक्स, वेब सिनेमाज र कार्निभल सिनेमाजले रोहिट शेट्टी र कबिर खान निर्देशित ‘सौर्यवंशी’ र स्पोर्टस् ड्रामा ‘८३’ हलमा रिलिज गर्ने घोषणा गरेको हो ।  सिनेमा चेनले चलचित्र ‘सौर्यवंशी’ दिपावली र ‘८३’ क्रिसमसमा रिलिज गर्ने तय गरेको हो । 

चलचित्र ‘८३’ १९८३ मा कपिल देवको क्यापटेनसिपअन्तर्गत भारतले पहिलो क्रिकेटमा वर्ल्ड कप जितेको इतिहासबारेमा छ ।  चलचित्रमा रणवीर सिंह, दीपिका पादुकोण, हार्डी सन्धु, ताहिर भसिन, साकिब सलिमलगायत कलाकारको अभिनय छ । 

Global Ime bank

यस्ता छन्, डिज्‍नी प्लस हटस्टारमा रिलिज हुने बलिउड चलचित्र

यस्तै अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सौर्यवंशी’ मा कट्रिना कैफ, गुल्सन ग्रोवर, अभिमन्यु सिंह, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ । (इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement