site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकै ओभरमा सागरले लिए दुई विकेट 

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले आठौँ ओभरको पहिलो बलमा जोन्सन चार्ल्सलाई गुमाएको हो । चार्ल्सलाई नेपालका सागर ढकालले ‘कट एन बोल्ड’ गरे ।  सोही ओभरको तेस्रो बलमा सागरले पाहुना टिमका मार्क डेयललाई आउट गरे । सागरले डेयललाई कप्तान रोहितबाट क्याच गराएका हुन् ।

Dabur Nepal
NIC Asia

त्यसअघि सागर ढकालले गरेको १.४ ओभरमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजका कदिम अलेयनेलाई उत्कृष्ट क्याच गर्दै पभेलियनको दिशा देखाएका थिए । 

जारी खेलको आठ ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर ६० रन बनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro