site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
यस्ता छन्, डिज्‍नी प्लस हटस्टारमा रिलिज हुने बलिउड चलचित्र
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोभिड–१९ महामारीका कारण ठप्प हलहरूको विकल्पमा अनलाइन प्लेटफर्म आउन थालेका छन् । लकडाउन खोलेर अन्य देशहरू सामान्य जनजीवनमा फर्किन थाले पनि छिमेकी भारतमा भने संक्रमितको संख्या उल्लेख्य बढ्दै गएसँगै जनजीवन सामान्य हुन समय लाग्ने देखिन्छ । जसका कारण बलिउड चलचित्र निर्माताहरू अब आफ्नो ठूला बजेटका चलचित्र पनि हलमा नभई अनलाइन रिलिज गर्न बाध्य भएका छन् । बलिउड चलचित्रहरू विस्तारै एकपछि अर्को गर्दै अनलाइन रिलिज हुन थालेका छन् ।

यही सूचीमा अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ पनि परेको छ । हरर कमेडी जनराको ‘लक्ष्मी बम’ डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो ।
 
तमिल चलचित्रको हिन्दी रिमेक रहेको यस चलचित्रमा अक्षय र कियारा मुख्य भूमिकामा छन् । एक पुरुष जो अलौकिक शक्तिबाट डराउने हुन्छ तर पछि उसले आफ्नो त्यो डरसँग सामना गर्नुपर्ने हुन्छ, किनभने उसको शरीरमा लक्ष्मीको आत्माले बास गर्नेगर्छ । चलचित्र यसै सेरोफेरो वरिपरि घुमेको छ ।

डिज्नी प्लस हटस्टारको भर्चुअल प्रेस कन्फरेन्समा अभिनेता अक्षयले हरर कमेडी आफ्नो मनपर्ने विधा भएको बताउँदै ‘लक्ष्मी बम’ आफनो ‘प्यासन प्रोजेक्ट’ भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै अभिनेता अजय देवगन अभिनित चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’ पनि डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएका छन् । अभिषेक दुधैयाको लेखन र निर्देशन रहेको यो चलचित्र १९७१ मा भारत–पाक युद्धको पृष्ठभूमिमा आधारित छ ।

चलचित्रमा अजय देवगन स्क्वाड्रन नेता विजय कर्णिकको भूमिका निभाउँदै छन् । भने अजयका अलवा चलचित्रमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, परिणिति चोपडा एमी भिराक महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । 

Global Ime bank

यी दुई चलचित्रका साथै अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ पनि सोही अनलाइन प्लेटफर्ममा रिलिज हुने डिज्नी प्लस हटस्टारले जानकारी दिएको छ । 

यो १९९१ मा रिलिज भएको हिट रोमान्टिक थ्रिलर चलचित्र ‘सडक’ को सिक्वेल हो । २१ वर्षपछि निर्देशनमा पुनः फर्किएका निर्देशक महेश भट्टको निर्देशनमा बनेको यो चलचित्रमा आदित्य रोय कपुर, सञ्जय दत्त, गुल्सन ग्रोबर, जिशु सेन गुप्ता, पूजा भट्ट पनि रहनेछन् । सञ्जय र पुजा ‘सडक’मा पनि देखिएका थिए । 

यी ३ चलचित्रका साथै ‘लुटकेस’, ‘द बिग बुल’, ‘हफिजा’ र हालै दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ पनि सोही प्लेटफर्मममा रिलिज हुँदै छ ।  सुशान्तको ‘दिल बेचारा’ २४ जुलाईमा रिलिज हुँदै छ भने बाँकी चलचित्रको रिलिज मिति तय हुन बाँकी छ । 

डिज्नी हट स्टारले सोमबार यी चलचित्रहरूको भर्चुअल प्रेस कन्फरेन्सको आयोजना गरेर अनलाइन रिलिजबारे जानकारी दिएको हो । (इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement