site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रेम गीत–३’ दसैंमा रिलिज गर्न सन्तोष सेनका तीन सर्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत–३’ दसैंमा रिलिज गर्न तीनवटा सर्त अगाडि सारेका छन् । अवस्था सहज हुँदै गए आफू दसैंमा चलचित्र रिलिज गर्न तयार रहेको तर यसका लागि केही सर्त रहेको उनी बताउँछन् । 

आफ्नो प्रस्ताव चलचित्र विकास बोर्ड र सिनेमा हलले माने दसैंमा रिलिज गर्ने अन्यथा चैत पर्खिने उनले जानकारी दिए । “चलचित्र विकास बोर्डले पब्लिसिटी खर्च उपलब्ध गरायो र देशभरका सबै हलमा बक्स अफिस लागुपर्ने मेरो माग छ,” सन्तोष बाह्रखरीसँग भन्छन्, “यी दुईसर्त बाहेक हलले मिनिमम् ग्यारेन्टी (एमजी)गरे दसैंमा रिलिज गर्छु अन्यथा प्रदर्शनका लागि चैतमा पुग्छु ।”  

Prabhu Bank
Agni Group
NIC Asia

देशभरका हलमा बक्स अफिस लागु गरेर कलेक्सन पारदर्शी हुने हो भने असधकांश निर्माताको लगानी सुरक्षित हुने उनी बताउँछन् । सबै हलमा बक्स अफिस लागु नहुँदा हलहरुले टिकट बिक्रीको रकम पारदर्शी नगर्दा त्यसको प्रत्यक्ष मारमा परेको सन्तोष बताउँछन् ।  

कोरोनाको संक्रमण झन फैलिरहेकाले सिनेमा हल कहिले खुल्छन् भन्ने अहिलेसम्म निश्चित छैन । दसैंसम्म हल खुले र हिन्दी तथा पुराना नेपाली चलचित्र चल्न थाले भने निर्माण सम्पन्न भएर बसेका निर्माता दसैंमा पनि चलचित्र रिलिज गर्ने/नगर्ने अन्योलमा छन् । 

Global Ime bank

विग बजेटमा बनेको सन्तोष सेनको चलचित्र ‘प्रेम गीत–३’ लकडाउनका कारण रिलिज हुन सकेको छैन । गत चैतको अन्तिममा रिलिज हुने भनिए पनि कोरोनाका कारण हल नै बन्द भएपछि उनको चलचित्र रिलिज हुन सकेको छैन ।
 
यसैबीच उनले ‘प्रेम गीत–३’ पछिको तयारी सुरू गरेका छन् । एक महिना देखि नयाँ चलचित्रको तयारी गरिरहेको उनले बताएका छन् । उनीसँगै नायक प्रदीप खड्का र निर्देशक रामशरण पाठक एक महिनादेखि नयाँ चलचित्रको तयारी गरिरहेका हुन् । 

कमेडी लभ स्टोरी जानराको चलचित्रका लागि आइडियामा काम गरिरहेको उनले बताए । “अहिलेलाई रामशरण पाठकले नै चलचित्रको स्टोरी लेख्ने कुरा छ । तर भोलि लेख्दै जाँदा अरुलाई पनि हायर गर्न सक्ने अवस्था आउन सक्छ,” सन्तोष भन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement