site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिल्डिङ गरिरहेको नेपाललाई पहिलो सफलता, कप्तान रोहितको उत्कृष्ट क्याच

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा पहिले फिल्डिङमा आएको नेपालले पहिलो विकेट लिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले ब्याटिङको निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका थिए । खेलको दोस्रो ओभर चलिरहँदा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट क्याच लिँदा नेपालले पहिलो विकेट लिएको छ ।

सागर ढकालले गरेको १.४ ओभरमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजका कदिम अलेयनेलाई उत्कृष्ट क्याच गर्दै पभेलियनको दिशा देखाए । अलेयनेले हावामा फालेको बल रोहितले उल्टो अवस्थामा दौडिँदै एक हातले क्याच लिएका हुन् ।

जारी खेलको दुई ओभर समाप्त हुँदा वेस्ट इन्डिजले एक विकेट गुमाएर २२ रन बनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro