site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म संकलन गरिएको तथ्यांक विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ । 
 
प्राप्त विवरणमा धनुषामा आठ करोड ४९ लाख, महोत्तरीमा रु चार करोड १४ लाख, सर्लाहीमा रु चार करोड ४१ लाख, सप्तरीमा रु पाँच करोड ४१ लाख, सिरहामा रु आठ करोड ४९ लाख, रौतहटमा रु चार करोड ९८ लाख, बारामा रु चार करोड १७ लाख र पर्सामा रु पाँच करोड ७२ लाख मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ ।
 
मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सो अवधिमा सिरहामा २१६ तथा सर्लाहीमा १०६ आगलागीका घटना भएको विवरणमा जनाइएको छ । 

सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ तथा पर्सामा १२८ आगलागीका घटना भएको विवरणमा उल्लेख छ । 

Global Ime bank

लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ । साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय