site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘५८ वर्षदेखि हाम्रो जमिन खोसिएको छ, त्यो फिर्ता ल्याउँछौं’
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याउने बताएका छन् ।

६९औं मदन भण्डारी जन्मजयन्तीका सन्दर्भमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफ्नो जमिन खोसिएको छ, फिर्ता ल्याउनुपर्छ भनेर नेपालले कुनै गल्ती नगरेको बताए । 

Dabur Nepal
NIC Asia

“तपाईंले सुन्नुभएको होला हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुन्छ, गरिन्छ । भारतीय मिडियाको बहस, त्यहाँका बुद्धिजीवीहरूको कुराकानी सुन्नुभएको होला । कसरी भारतको राज्य संयन्त्र, अचम्मसँग सक्रिय छ । लडाइँमा हामीले हार्‍यौं । हाम्रो सीमा अलि खुम्चियो । हामीले १८२६ को मार्चमा अन्तिम सम्झौतामा दस्तखत गर्‍यौं, त्यसको सीमामा हामी खुम्चिएर बस्यौं,” उनले भने ।

नेपालका नेताहरू पनि बहसमा लागेको भन्दै आश्चर्यचकित भए । “तपाईंहरूले सुन्नुभएको छ, कतिपय पार्टीका नेताहरू उता (लिम्पियाधुरा क्षेत्र, कुटी, नाभी, गुञ्जी) जनसंख्यासँग हाम्रो पहुँच कटेको छ । १९६२ देखि सेना राखेर उता जानै दिएको छैन । त्यहाँका जनतासँग सम्पर्कै दिएको छैन । उताका जनताका लागि केही गर्नै दिएको छैन । नागरिकता कसको छ ? रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन्,” उनले भने ।

खल्तीमा नागरिकता नेपाली, तर्क अरूको पक्षबाट गरिरहेको छ भन्दै आश्चर्य पनि व्यक्त गरे । “१९६२ बाट सेना राखेपछि कसरी उताका नागरिकसँग हाम्रो पहुँच स्थापित हुन्छ ?” उनले प्रश्न गरे । उनले सम्पर्क–सम्बन्ध टुटेको नभई टुटाइएको बताए ।

“त्यसकारण प्रमाण हेर्दैन उसले । अब झन् गाह्रो हुन्छ । अब नक्सा छापेपछि झन् गाह्रो हुन्छ । गाह्रो के हुनु जमिन गएको थियो, त्यो फिर्ता लिन खोज्दा गाह्रो हुने भनेको के,” उनले प्रतिप्रश्न गरे । कालापानी, लिम्पियाधुरा क्षेत्र १४६ वर्षसम्म नेपालले उपयोग गरेको र सन् १९६२ देखि उपयोग गर्न नपाएको बताए ।

‘पार्टी र संसदीय दल बहकाउमा लाग्दैन, सरकारबाट हटाउने सपना नदेखे हुन्छ’

“हामीले सन् १९६२ देखि उपयोग गर्न पाएनौं । ५८ वर्षदेखि हाम्रो जमिन खोसिएको छ, त्यो फिर्ता ल्याउन खोज्यौं, अरूको जमिन दाबी, अतिक्रमण हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका  छैनौं । तर, नेपालकै नेताहरू लागेका छन् । बहस चलेका छन् । केपी ओलीलाई नहटाई हुँदैन,” उनको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu