site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामी राजनीतिकर्मीलाई समृद्धि कसरी गर्ने थाहा छैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिबार (वैशाख २०) काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा उनले यस्तो आग्रह गरेकी हुन् ।

राजनीति गर्ने ठाउँ फरक रहेको उनले उल्लेख गरिन् । एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएकामा उनले जोड दिइन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।

Argakhachi Cement Island Ad

राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने राम्रोसँग जानकारी नहुने भन्दै उनले विदेशमा देखेका र भोगेका विषयलाई नेपालमा आएर परिणाम दिन सकिने धारणा राखिन् ।

“यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरूले सहयोग गरिदिनुस्,” उनले भनिन्, “हामी राजनीति गर्नेलाई त्यति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन ।”

परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपाली आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्