site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
सरकारबाट हटाउने सपना नदेखे हुन्छ : प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा प्रकरणपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिले हटाउन लागिपरेको बताएका छन् ।  मदन भण्डारीको ६९औं जन्मदिनका सन्दर्भमा उनको स्मृतिमा खडा गरिएको फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेकपा पार्टी र संसदीय दल यस्तो बहकावमा कुद्नेवाला नभएको बताए ।
प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालमा राजीनामा दिन बाध्य पारिएको पनि स्मरण गरे ।

“बहस चलेको छ । अहिलेको अहिले केपी ओलीलाई नहटाई हुँदैन । पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो हामीसँग बहुमत थिएन,” उनले भने । अहिले पनि त्यही सपना देखिएको उनको भनाइ थियो ।

“संविधान संशोधन भएर नक्सा जारी भयो । अब हटाइहाल्नुपर्छ, यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ,” उनले आरोप लगाए ।  दिल्लीका सञ्चारमाध्यमहरू हेर्दा सबैकुरा थाहा हुने उनको भनाइ थियो । उनले आफ्नो नेतृत्वको सरकार हटाउन राजदूतहरू सक्रिय भइरहेको, होटल–होटलमा गतिविधि भइरहेको बताए । तर, कस्तो गतिविधि भइरहेको छ भनेर प्रस्ट पारेनन् ।

Dabur Nepal
NIC Asia

“तर, नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ । हिजोको जस्तो होइन,” उनले भने ।

प्रधानमन्त्री ओलीले ‘कसैले प्रधानमन्त्री बन्न हतार नगरे पनि हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ’ भनेर पार्टीभित्रका असन्तुष्ट पक्षलाई जवाफ पनि दिएका थिए । 

मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदमा, सरकारमा बसिरहन मन नभएको बताएका छन् । “तर, यतिबेला म हटेँ भनेर नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन, किनभने भोलिपल्ट बर्खास्त !” उनले भने । उनले त्यसैकारण उनले ‘आजका लागि होइन भोलिका लागि र आफ्ना लागि होइन, देशका लागि’ केपी ओलीको सरकार भएको पनि बताए ।

“हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्तो बहकावमा कुद्नेवाला पनि छैन । यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन । यसको अगुवाइमा अहिलेका परिवर्तन भएका छन् । यसको पृष्ठभूमिमा जननेता मदन भण्डारीको स्पष्ट विचारबाट निर्देशित भएर यो पार्टी चलेको छ,” प्रधानमन्त्रीको भनाइ थियो । उनले संसदको स्पष्ट दुई तिहाइ हिस्सा जननेता मदन भण्डारीको विचारबाट निर्देशित भएर अगाडि बढेको पनि बताए ।

भुलचुकले नक्सा छापिएको होइन 

प्रधानमन्त्री ओलीले भुलचुकले नक्सा नछापिएको बताएका छन् । ओलीले नक्सा छाप्ने र संविधानमा अंकित गर्ने कुरा ‘प्वाइन्ट अफ् नो रिटर्न हो’ भनेको स्मरण पनि गरे । “मैले भन्ने गरेको छु ‘प्वाइन्ट अफ् नो रिटर्न’ नै गरेको हो । किनकि, यस अभियानबाट हामी फिर्ता नै हुँदैनौं । ‘प्वाइन्ट अफ् रिर्टन’ राख्ने कुरै थिएन । प्वाइन्ट अफ नो रिर्टन, हामी हाम्रो भूमि फिर्ता लिन्छौं त्यसकारण ‘प्वाइन्ट अफ् रिर्टन’ चाहिएन,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu