-1744799329.jpg)
काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच शनिबार (वैशाख २०) चारबुँदे सहमति भएको छ । सहमतिसँगै आवासीय चिकित्सकको आन्दोलन अन्त्य गरिएको छ ।
नेपाल मेडिकल एसोसिएसन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएको हो । समझदारीपत्रमा मन्त्रालयका तर्फबाट डा. भीमप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । मेडिकल एसोसिएसनका तर्फबाट सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने उल्लेख छ । ती आवासीय चिकित्सकले निर्वाह भत्ता आठौँ तहसरह हुनुपर्ने माग गरेका थिए । त्यसानुसारको निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय गरिएको हो ।
सहमतिको दोस्रो बुँदामा ‘आवासीय चिकित्सकको बिदा, डिउटी आवर, अतिरिक्त सुविधालगायत विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिनभित्र प्रतिवेदन पेस गर्ने’ उल्लेख छ ।
सहमतिको तेस्रो बुँदामा चिकित्सा शिक्षा आयोगको १८औँ बैठकको निर्णयबमोजिम सबै विद्यार्थीले एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउने गरी व्यवस्था मिलाइने उल्लेख छ ।
सहमतिको चौथो बुँदामा ‘नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रम आज (शनिबार)को मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सक नियमित सेवा प्रवाहको कार्यमा फर्कने’ उल्लेख छ ।
समझदारीपत्र पढ्नोस्–