site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले गर्‍यो युक्रेनलाई तीन अर्ब १० करोडबराबरको सैन्य सहयोग घोषणा

लस एन्जलस । संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका निम्ति तीन अर्ब १० करोड अमेरिकी डलरबराबरको सहायता प्याकेज स्वीकृत गरेको शनिबार पेन्टागनले जानकारी दिएको छ ।

उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणाली समावेश छन् ।

सहयोगमा समावेश कम्पनीमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्रराष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।

नेदरल्यान्ड, डेनमार्क, नर्वे र बेल्जियमजस्ता मित्रराष्ट्रहरूले हालसम्म युक्रेनलाई ७९ लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro