site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्तबिना नै ‘दिल बेचारा’ रिलिज गर्छु भनेर सोचेकै थिइन : मुकेश छाब्रा
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्व. अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ का निर्देशक मुकेश छाब्राले बिहीबार इन्स्टग्राममा एक भावुक पोस्ट गरे ।

चलचित्रको डिजिटल रिलिज मिति घोषणा भएसँगै निर्देशक छाब्राले भावुक हुँदै आफ्नो चलचित्रको अभिनेता तथा साथी सुशान्तलाई सम्झिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुशान्तबिना नै उनी अभिनित चलचित्र रिलिज गर्नुपरेकोमा दुःख व्यक्त गर्दै छाब्राले सुशान्तले आफ्नो डेब्यु चलचित्रमा अभिनय गर्ने वाचा पूरा गरेको पनि सम्झिए । 

छाब्राले लेखेका छन्, “सुशान्त मेरो निर्देशकीय डेब्यु चलचित्रका अभिनेता मात्रै नभई हरेक सजिलो अनि गाह्रो समयमा मलाई सधैँ साथ दिने मेरो प्रिय साथी हो । हामी ‘काइ पो चे’ देखि ‘दिल बेचारा’ सम्म पनि नजिक भइरह्यौं । उसले मेरो पहिलो चलचित्रमा हुन्छु भनेर वाचा गरेको थियो । कैयौं सपनाहरू सँगै देख्यौं, कैयौं योजनाहरू सँगै बनायौं, तर मैले कहिल्यै पनि सोचिन कि ऊ बिना नै यो चलचित्र रिलिज गर्नेछु भनेर ।”

Global Ime bank

उसले आफूप्रति देखाएको अपार माया र साथलाई धन्यवाद दिनु योभन्दा राम्रो मौका नहुने भन्दै निर्माताहरूले यो चलचित्र हरेक दर्शकले हेर्न सक्ने बनाएकोमा धेरै धन्यवाद व्यक्त गरे । 
उनले थपे, “साथी म कल्पना गर्नसक्छु, माथिबाट आफ्नो मिठो मुस्कानसहित आशीर्वाद दिइरहेको हुनेछौं, धेरै माया तिमीलाई ।”

कास्टिङ डिरेक्टर छाब्राको यो निर्देशकीय डेब्यु चलचित्र हो । २४ जुनमा डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको यस चलचित्रमा सन्जना सान्घीको डेब्यु रहेको छ भने अभिनेता सैफ अलि खान पनि रहेका छन् । 

चलचित्र २०१३ मा रिलिज भएको अंग्रेजी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक हो । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement