site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रायबरेलीबाट पनि चुनाव लड्दै राहुल, प्रियंकाले अमेठीमा उमेदवारी नदिने

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस आईका नेता राहुल गान्धी लोकसभा सिटका निम्ति उत्तर प्रदेशको रायबरेलीबाट पनि चुनाव लड्ने भएका छन् । कंग्रेसको गढ मानिने रायबरेलीबाट उनी पहिलोपटक चुनाव लड्न लागेका हुन् ।

उनी यसअघि कांग्रेसको अर्को गढ अमेठीबाट चुनाव लड्दै आएका थिए । सन् २०१९ मा उनी भाजपा नेत्री स्मृति इरानीसँग पराजित भएका थिए । उनी २०१९ मा केरलको वायनाडबाट निर्वाचित भएका थिए । यसपालि सो क्षेत्रबाट पनि लडेका छन् ।

Dabur Nepal
NIC Asia

१९९९ पछि पहिलोपटक यसपालि अमेठीबाट गान्धी परिवारको कोही पनि चुनाव लडिरहेको छैन ।

प्रियंका गान्धीले अमेठीबाट चुनाव लड्ने धेरैले अनुमान गरेका थिए । तर, कंग्रेसको सूचीमा प्रियंकाको नाम छैन । अमेठी र रायबरेलीमा उमेदवारको नामांकन दर्ता गर्ने आज अन्तिम दिन हो । यसको केही घण्टाअघि मात्र यी क्षेत्रमा कंग्रेसले उमेदवार तोकेको हो ।

यी दुवै क्षेत्रमा मे २० मा चुनाव हुँदै छ । द हिन्दुले जनाएअनुसार, कंग्रेसले अमेठीबाट किशोरीलाल शर्मालाई उमेदवार बनाएको छ । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro