site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘फेयर’ शब्द हटाएकामा खुसी विपाशाले सम्झिइन् ‘गहुँगोरो’ उपमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड अभिनेत्री विपाशा बासुले शुक्रबार इन्स्टाग्राममा आफ्नो वर्णका कारण बाल्यकालदेखि नै ‘डस्की’ अर्थात् गहुँगोरो उपमा पाउने गरेको सम्झिइन् । 

अमेरिकामा रंगभेदको चर्को विरोधका बीच हालै भारतको चर्चित सौन्दर्य ब्रान्ड ‘फेयर एन्ड लभ्ली’ ले ‘फेयर’ नाम हटाउने घोषणा गरेको प्रसङ्गमा विपाशाले विगत सम्झिएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ‘फेयर एन्ड लभ्ली’ कम्पनीलाई यो नयाँ अवधारण ल्याएकोमा बधाई पनि दिएकी छन् । 

उनले क्रिमको फोटोसहित भारतमा युनिलिभरले आफ्नो प्रोडक्टको नाममा परिवर्तन गर्न लागेको जानकारी दिँदै मोडलिङ करियरको सुरुवातदेखि एक सफल अभिनेत्रीसम्मको यात्रासम्म पनि उनको गहुँगोरो वर्णको चर्चा सधैँ हुने गरेको जानकारी दिइन् । 

Global Ime bank

उनले उनकी आमा गहुँगोरो वर्णकी सुन्दरी भए तापनि बाल्यकालदेखि नै आफना आफन्तहरूले विपाशा सोनीभन्दा केही काली छ है भन्दै प्रश्न गर्ने गरेको बताइन् । 
त्यसपश्चात् करिब १५, १६ वर्षको उमेरमा सुपरमोडल प्रतियोगिता जिते पश्चात् पनि सबै पत्रपत्रिकाहरूले ‘कोलकाताकी गहुँगोरी मोडल विजेता’ भनेर किन ‘गहुँगोरो’ शब्द उपमा दिए भनेर प्रश्न गरेकी छन् । 

तर, उनी मोडलिङकै क्रममा न्युयोर्क र पेरिस जाँदा भने उनको गहुँगोरो वर्णकै कारण धेरै मौका पाएको र पछि भारत फर्किएर देब्यु गरेको चलचित्र ‘अजनबी’ दर्शकले निकै रुचाउन थालेपछि भने उनले आफैंले पनि आफ्नो गहुँगोरो वर्ण रुचाउन थालेको बताइन् । 

अभिनयको २ दशक अवधिमा उनले थुप्रै ‘स्किन केयर प्रोडक्टस’ को विज्ञापनका लागि अफर आए पनि उनले आफ्नो सिद्धान्त कहिले पनि नछोडेको बताइन् । 
उनका अनुसारसौन्दर्य साधनहरूले राम्री हुनु भनेको गोरो हुनु हो भन्ने गलत सन्देश प्रवाह गरिरहेको र यस्तो गलत सन्देश प्रवाह बन्द हुनुपर्छ भन्ने माग पहिलेदेखि गर्दै आइरहेको कुरामा जोड दिइन् । 
(इन्डियन एक्सप्रेस)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement