site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाट्य संस्थाहरूद्वारा ९ बुँदे मागसहित नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाभाइरस महमारीका कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरूले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । 

नेपाली रङ्गमञ्च सदैव अभिभावकत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित देशभरका नाट्य संस्थाहरूको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र उपकुलपति हरिहर शर्मासमक्ष बुझाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ध्यानाकर्षण पत्रमा यो महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरूले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन अनेकन प्रयास गरिरहे पनि सरकारको कानुनी रुपमै गठन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बेवास्ता गरेको गुनासो समेत गरिएको छ । 

वर्तमान समयमा रङ्गकर्मीहरू संकटबाट गुज्रिरहेकाले पलायन हुने अवस्थामा समेत पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रङ्गकर्मीहरूले आग्रह गरेका छन् ।

Global Ime bank

नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरका रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्गकर्मीप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ । 

ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रङ्गमञ्चले यस्ता विविध समस्या भोग्दै आए पनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको स्वीकार्दै ध्यानकर्षण पत्रको स्वागत गरेका छन् । 

शर्माले यो महामारीबाट रङ्गकर्मीहरू निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको बताए । ध्यानाकर्षण पत्रका बुँदाहरू अध्ययन गरी पहलको थालनी गर्ने पनि आश्वासन दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement