site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाटक लिएर नेपाल टुर गर्दै मण्डला थिएटर
Sarbottam CementSarbottam Cement

काठमाडौं । मण्डला थिएटर नाटक लिएर देशभर जाने भएको छ । कोरोनाका कारण घरमै बसेर मनोरञ्जनबाट टाढा भएका दर्शकलाई लक्षित गर्दै मण्डला थिएटर देशका मुख्यमुख्य सहर जान लागेको हो । 

मोवाइल थिएटर (जुनकिरी)मा मण्डलाका नाट्यकर्मी नाटक लिएर डिसेम्बरमा देशका मुख्यमुख्य सहर जान लागेका हुन् । नाटकमा मण्डलामा आबद्ध सबै १३ जना नै कलाकारका रुपमा समावेश हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नाटकलाई दयाहाङ राई र राजन खतिवडा मध्ये एकजनाले निर्देशन गर्ने मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिइन् । 

“यसअघि कार्यब्यस्थताले एउटै नाटकमा हामी सबै सहभागी हुन पाउँदैनथियौं । तर यो नाटकमा मण्डलाका सबै सदस्य आबद्ध हुनेछौं,” सिर्जना भन्छिन्, “नाटक दयाहाङ राई र राजन खतिवडा मध्ये एकजनाले लेख्नु र निर्देशन गर्नुहुनेछ ।” 
सामाजिक दूरी कायम गर्दै रिहर्सल गर्ने र डिसेम्बरमा नाटक मञ्चन गर्नेछन् । उनी अबका केही वर्ष रङ्गमञ्चलाई कठिन हुने बताउँछिन् । 

Global Ime bank

नाटकमा लगानी मण्डला थिएटर स्वयंको हुनेछ । “अहिलेलाई हामी स्वयंले लगानी गर्ने सोच छ । तर कसैले स्पोन्सर गर्छ भने पनि हामी स्वागत गर्नेछौं,” सिर्जना भन्छिन् । 

मण्डला थिएटर ०७२ वैशाख १२ गतेको भूकम्प पछि पनि नाटक लिएर दर्शक माझ गएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement