काठमाडौं । आज देखिएको वलय सूर्यग्रहण अब ४४ वर्षपछि मात्र देखिनेछ । यो ग्रहण वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देखिएको थियो ।
यस वर्षको लामो सूर्यग्रहण
कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देखिएको छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिएको छ ।
नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको छ । यस्तै काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको खगोलविदहरुले जनाएका छन् । हेरौं काठमाडौंबाट देखिएको सूर्यग्रहणका थप तस्बिर :