site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधन विधेयक पारित हुँदा को–को भए अनुपस्थित ?

काठमाडौं । प्रतिनिधिसभाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सर्वसम्मत पारित गरेको छ । शनिबार बैठकमा उपस्थित २५८ सांसद नै विधेयकको पक्षमा उभिएपछि सर्वसममत पारित भएको हो । 

तर, बैठकमा १२ जना सांसद भने अनुपस्थित रहे । संसद सचिवालयका अनुसार अनुपस्थित हुने सांसदहरुमा सत्तारुढ दल नेकपाकै हरिबोल गजुरेल देखि जनता समाजवादी पार्टीकी सरिता गिरीसम्म छन् । गिरी बैठकमा आएर नै विधेयक पारित गर्ने प्रक्रिया शुरु नहुँदै बाहिरिएकी थिइन् ।

यी हुन् अनुपस्थित सांसद

अनुपस्थित हुनेमा धेरै सांसदहरु जनता समाजवादी पार्टीका छन् । सो पार्टीकी सांसद गिरीसहित सांसदहरु  प्रमोद शाह, अमृतादेवी अग्रहरी, दुलारीदेवी खत्वेनी, सूर्यनारायण यादव अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै नेकपाका सांसदहरु गोपालबहादुर बम,  शिवकुमार मण्डल, हरिबोल गजुरेल र धनबहादुर बुढा पनि बैठकमा थिएनन् ।
 
नेपाली कांग्रेसका सांसदहरु ज्ञानकुमारी छन्त्याल, नागेन्द्रकुमार र सूर्यबहादुर केसी पनि बैठकमा अनुपस्थित थिए ।

प्रतिनिधिसभामा २७५ सांसद रहने व्यवस्था छ । सांसदहरू विजयकुमार गच्छदार ,माेहम्द आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा भएकाले उनीहरूलाई मताधिकार छैन । सभामुखलाई मत बराबरी भएकाे अवस्थाबाहेक मत दिने अधिकार हुँदैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro