site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
देशभर भइरहेको युवाहरुको आन्दोलन : स्वतस्फूर्त कि प्रायोजित ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बन्दाबन्दीकैबीच बिहीबार बालुवाटारमा सयौंको संख्यामा युवायुवती सडकमा निस्किए । सरकारविरुद्धका प्लाकार्ड लिएर जम्मा भएका उनीहरुको मुख्य नारा थियो- पीसीआर परीक्षणको दायरा बढाउनुपर्‍यो । 

यो अभियानका जोडिएकाहरुले आफ्नो आन्दोलन सरकार ढाल्नका लागि नभएको स्पष्ट बताएका छन् । शनिबार पनि आन्दोलन जारी राख्‍ने उनीहरुको पूर्वघोषित कार्यक्रम छ । शुक्रबार पनि केही ठाउँमा प्रदर्शन भए । 

प्रहरीले बालुवाटारमा पानीको फोहोराले मात्र भिड नियन्त्रण गर्न नसकेपछि केहीलाई बलप्रयोग गरेर गिरफ्तार नै गर्‍यो । देशका विभिन्‍न ठाउँमा उस्तै नारा र शैलीमा आन्दोलन भएपछि आन्दोलन स्वतस्फूर्त हो की कतैबाट प्रायोजित ? भनेर पनि प्रश्नहरु गरिएको छ । यसरी प्रश्न गर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकटस्थहरु धेरै छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

के छ आन्दोलनकारीको माग ? 

बुधबार एक ऐकयबद्धतापत्र जारी गर्दै आन्दोलनकारीले आफ्ना माग अघि सारेका थिए । उनीहरुले मुख्यगरि तीनवटा माग अघि सारेका छन् । पहिलो, शतप्रतिशत नागरिकको पीसीआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने, दोस्रो, क्वारेन्टिन मृत्युश्यया बनेको भन्दै तत्काल क्वारेन्टिनको गुणस्तर सुधार गर्नुपर्ने र तेस्रो मेडिकल क्षमता विस्तार गर्नका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिको स्वास्थ्य सुरक्षा र स्वाभिमानको सुनिश्चितता गर्नुपर्ने । 

Global Ime bank

त्यस्तै, उनीहरुले कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्ब  को हिसाब पारदर्शी गर्न पनि मागे गरेका छन् । ‘अब त अत्ति भो’ शिर्षकमा लेखिएको ऐक्यबद्धतापत्र नामको अपिल बुधबार नै सार्वजनिक गरेका उनीहरुले भनेका थिए, 'हामी अहिंसा, भौतिक दूरी र सुरक्षित आवागमन जस्ता मुल्यमान्यतामा प्रतिबद्ध छौँ । संघीय गणतन्त्र नेपालका हरेक नागरिकको शान्तिपूर्वक भेला हुने वाक स्वतन्त्रताको मौलिक हकको सम्मान गर्न पुनः आग्रह गर्दछौँ ।

आन्दोलनमा सहभागी युवाहरुले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको सो ऐक्यवद्धतापत्रमा कसले जारी गरेको भने उल्लेख थिएन । 

आन्दोलन होइन भिड, पश्चिमा र भारतबाट प्रायोजित ! 

आयोजकहरुले आफूहरुको आन्दोलन स्वस्फूर्त भएको दाबी गरेका छन् ।  सामाजिक सञ्जालमार्फत जोडिएर सडकमा आइपुगेको उनीहरु बताउँछन् । तर, सत्तारुढ दलको बुझाईमा आन्दोलन अरु कसैको उक्साहटमा भएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महर अहिले जारी आन्दोलन प्रायोजित भएको बताउँछन् । 

उनको बुझाइमा यो आन्दोलनभन्दा पनि सडकमा जम्मा भएको भिड मात्र हो । प्रधानमन्त्री केपी ओलीले बनाइदिएको चिल्लो सडक बिगार्न र कोरोना फैलाउन लकडाउनको बेलामा सडकमा भिडभाड गरिएको उनको टिप्पणी छ । 

“देशको आवश्यक्ता राष्ट्रियतासम्बन्धी कुरा छ । कोरोनाविरुद्ध लड्नुपर्ने छ । कोरोनाविरुद्ध लडिरहेका र इतिहासमा पहिलोपटक राष्ट्रियताका अडान लिइरहेको सरकारलाई कमजोर बनाउनका  लागि नभएका मुद्दालाई प्रोपोगाण्डा सडाकमा उरालिएको छ, ” महरले भने, “किमार्थ पनि स्वतस्फूर्त र स्वतन्त्र आन्दोलन होइन । केपी ओलीका विरुद्धमा भारत र पश्चिमाहरुको प्रायोजनमा राष्ट्रियता र कोरोनाविरुद्धको अभियान कमजोर बनाउन गराइएको आन्दोलन हो ।” 

भ्रष्टाचार गर्न नपाइनेमा आफुहरु पनि रहेको भन्दै उनले सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सडकमा बुझाउने विषय नभएकाले प्रक्रियाबाट आउने बताए । 

“भोलि कालापानी,लिपुलेक र कालापानी समेटिएको नक्सा निशान छापमा राख्‍ने प्रस्ताव संसदमा पारित हुँदैछ । यता आन्दोलन बोलाइएको छ । यो ऐतिहासिक विषय हो,” उनले भने । 
देशको सीमाको विषयमा केही नबोल्नेहरु अहिले पीसीआरका नाममा सडकमा आएको तर आफूहरु २५ जना बढी भेला नहुन सरकारले गरेको निर्णय मानेर मौन बसेको बताए । आवश्यक्ता पर्‍यो भने अनेरास्ववियूले देशभर प्रतिवाद गर्ने पनि उनले चेतावनी दिए । 

प्रतिपक्षीको नजरमा आन्दोलन स्वतस्फूर्त 

आयोजकहरुले दाबी गरेजस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनलाई स्वतस्फूर्त ठानेको छ । कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमा आन्दोलनको पक्षमा धारणा राखिरहेका छन् । 

प्रदर्शनमा उत्रिएका युवाहरुको पक्षमा कांग्रेस सांसद गगन थापाले संसदमा पनि कुरा उठाएका थिए । कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले बिहिबार बालुवाटारसहित देशभका विभिन्न ठाउँमा भएको आन्दोलन स्वतस्फूर्त नै भएको बताए । 

“त्यहाँ भिड जम्मा भएपछि कोही देखिन गएको भए अर्कै कुरा हो,” नेता पौडेलले भने,“अहिले भइरहेको आन्दोलन सरकारको अकर्मण्यताको परिणाम हो । विभिन्‍न स्वार्थ भएका मान्छेहरु त छन् आफ्नो ठाउँमा छ । उनीहरुले परिस्थितिमा खेल्ने भइहाले । तर, त्यहाँ जुन मुद्दा उठाइएको छ, जस्तो प्लेकार्डहरु बोकिएको छ । त्यसका आधारमा स्वतस्फूर्त ने देखिन्छ ।”

साझा पार्टीका नेता मुमाराम खनाल पनि आन्दोलन स्वतस्फूर्त नै भएको ठान्छन् । उनी कसैले प्रायोजन गरेर यति धेरै युवाहरु आन्दोलनमा सहभागि नहुने र अहिलेको आन्दोलन स्वतस्फूर्तनै भएको बताउँछन् । “सामाजिक दुरी कायम गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुलाई कतैबाट प्रयोजित हुन् भनेर ‘कन्सपिरेसी थ्योरी’ बनाउन जरुरी नै छैन ,” खनाल भन्छन्, “ कुनै राजनीतिक दलबााट निर्देशित पनि छैनन् । कुनै दलले ट्याप गर्छु भनेपनि त्यो सम्भव छैन । ”

सामाजिक सञ्जालबाट जोडिएर सिर्जनात्मक रुपमा युवाहरु आन्दोलनमा गएको उनी बताउँछन् । खनाल अनेरास्ववियूका अध्यक्ष महरले दाबी गरेजस्तो विदेशीको भूमिका आन्दोलनमा नरहेको दाबी गर्छन् । “पश्चिमाहरुले उचाल्यो, यसले उचाल्यो भन्नुको पछाडि सत्यता छैन । हाम्रो सत्ताधारीले नै उनीहरुको कुरा सुनिहाल्छन् । किन युवाहरुलाई उचाल्नुपर्‍यो र ?” खनाल भन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement