site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहाँ पुग्यो खेलकुद मन्त्रालयको ‘एक स्थानीय तह एक खेल ग्राम’ 
SkywellSkywell

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ मा ‘एक स्थानीय तह एक खेल ग्राम’ कार्यक्रम लागु गर्यो । पहिलो चरणमा खेलकुद मन्त्रालयले ८४ स्थानीय तहलाई यो कार्यक्रमसँग जोड्यो । खेलकुद पूर्वाधार निर्माणका हिसाबले अगाडि नभएका तथा खेल स्थान भएका र भौतिक पूर्वाधार निर्माण नभएका स्थानीय तहहरूलाई छनोट गरियो । जसअन्तर्गत ८४ स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि डीपीआर निर्माण गरे । 

सोहीअनुसार खेलकुद मन्त्रालयले स्थानीय तहमा बजेट हालिदियो । हालसम्म कुनै पनि स्थानीय तहहरूले खेलकुद पूर्वाधार पूरा गरेका छैनन् । कतिपय स्थानीय तहले खेल पूर्वाधार निर्माण भर्खरै आरम्भ  गर्दै छन् । केही स्थानीय तहहरू सुरु गर्ने योजनामा छन् । खेल पूर्वाधार निर्माणका लागि खेलकुद मन्त्रालयले पहिलो चरणमा आर्थिक वर्ष ०७६/७७ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटमार्फत योजना कार्यान्वयन गरेका स्थानीय तहहरूले बजेट अपुग हुँदा बीचमै छाडेका छन् । 

केही स्थानीय तहले काम सुरु गरिसकेपछि बीचमा बजेट सकिँदा प्रदेश सरकार र आफ्नै लगानीमार्फत खेल पूर्वाधार निर्माणअगाडि बढाउन थालेका छन् । केही स्थानीय तहहरू भने खेलकुद मन्त्रालयमार्फत आउने बजेटको पर्खाइमा छन् । यता युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले ‘एक स्थानीय तह एक खेल ग्राम’ कार्यक्रम लागु भएका स्थानीय तहरूले काम तीव्र रूपमा लिइरहेको बताएका छन् । 

KFC Island Ad
NIC Asia

आर्थिक वर्ष ०७७/८८ को युवा तथा खेलकुदतर्फको बजेटको विषयमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले चालु आवमा देशका सातवटै प्रदेशका ८४ पालिका छनोट भई ५० लाखका दरले सम्बन्धित पालिकाको खातामा सोझै रकम निकासा भई हाल काम भइरहेको बताए । 

त्यस्तै उनले आगामी ०७७/८८ का लागि पनि यो शीर्षकमा ४० करोड रुपैयाँ निकासा भएको जानकारी दिए । सोही रकमबाट निर्माण सुरु भइरहेका योजनाहरूलाई कसरी निरन्तरता दिने र बाँकी योजना बाँकी रहेका पालिकाहरूबाट कसरी थप गर्दै जाने भन्ने विषयमा खेलकुद मन्त्रालयमा छलफल भइरहेको छ । ‘एक स्थानीय तह एक खेल ग्राम’ को कार्यक्रम केही स्थानीय तहहरूले सञ्चालन गर्न नसक्दा त्यहाँका निर्माण कार्य अलपत्र परेका छन् । साथै केही स्थानीय तहहरूले कार्यक्रम अलपत्र पार्दा नयाँ गाउँपालिकाहरूलाई बजेट छुटाउने कुरामा सोच्न बाध्य भइरहेको छ ।

Royal Enfield Island Ad

कतै अलपत्र, कतै सुरुवात
‘एक स्थानीय तह एक खेल ग्राम’ कार्यक्रम सबै स्थानीय तहहरूले सुरु गरेका भने छैनन् आव ०७६÷७७ मा आएको योजना भए पनि स्थानीय तहहरू भर्खरै सुरु गर्ने योजनामा छन् । पाख्रीबास नगरपालिका धनकुटामा खेलकुद मन्त्रालयअन्तर्गत नै आएको सुरुवाती ५० लाखबाट पनि हालसम्म निर्माण सुरु भएको छैन् । पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईले बजेट आए पनि आज मात्र पारित भएको बताए । 

“हामीलाई खेलकुद मन्त्रालयबाट ५० लाख बजेट आएको हो । त्यसपछि हामीलाई प्रदेश सरकारले पनि ५० लाख साहयोग गरेको छ । आज मात्र बजेट पास भयो हामी भोलिबाटै कार्यक्रमहरू सुरु गर्नेछौं,” मेयर राईले बाह्रखरीसँगको कुराकानीमा भने । यता खजुरा गाउँपालिका बाँकेमा निर्माण हुन लागेको क्रिकेट मैदानको निर्माण पहिलो चरणअन्तर्गत सकिएको छ । गाउँपालिकाले क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्न लागेको हो । पहिलो चरणमा खेलकुद मन्त्रलयले पठाएको ५० लाखको बजेट गाउँपालिकाले सक्यो भने नयाँ बजेट आउन बाँकी छ । 

“हामीले क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने योजनाअनुसार अगाडि बढेका छौं । खेलकुद मन्त्रालयले दिएको पहिलो चरणको बजेट सकिएको छ । हामी नयाँ बजेटको आशामा छौं । नयाँ बजेटअन्तर्गत हामीले आफ्नै गाउँपालिकाबाट पनि छुट्ट्याउन लागेका छौं । अनि खेलकुद मन्त्रालयको नयाँ बजेटको पर्खाइमा पनि बसेका छौं । नयाँ बजेट नआउन्जेलसम्म हाम्रो निर्माण अलपत्र पर्नेछ,” खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बाह्रखरीसँगको कुराकानीमा भने । 

यता जुम्लाको तातोपानी गाउँपालिकामा भने खेलकुद मन्त्रालयले बजेट पास गरेको एक महिना मात्र भयो । भर्खरै मात्र आएको बजेटलाई गाउँपालिकाले निर्माण सुरु गर्न लागेको छ । मन्त्रालयबाटै बजेट आउन ढिला हुँदा निर्माण कार्य भर्खरै सुरु गर्न थालेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । 

“निर्माण कार्य सुरु गर्ने योजनामा थियौं । सरकारबाट बजेट आउनै समय लाग्यो । हामीकहाँ बजेट पुगेको मात्र एक महिना भयो । अब हामी फुटबल रंगशाला निर्माण सुरु गरिरहेका छौं,” अध्यक्ष न्यौपानेले भने । 

चैनपुर नगरपालिकाले भने रंगशाला निर्माण अगाडि बढाइरहेको छ । खेलकुद मन्त्रालयको बजेटसँगै नगरपालिकाले आफ्नो बेग्लै बजेट पारित गर्दै कार्यक्रमहरू अगाडि बढाएको हो । नगरपालिकाले नगर खेलकुद विकास समितिमार्फत वडा ६ मा फुटबल मैदान निर्माण गरिरहेको छ । 

“हामीले मैदान निर्माण अगाडि बढाएका छौं । मन्त्रालयबाट आएको ५० लाख रुपैयाँमा नगरपालिकाले पनि थप ५० लाख हालेको छ । त्यसअन्तर्गतै हामीले रंगशाला निर्माणलाई अगाडि बढाएका छौं । हालसम्म पिलर हाल्ने कार्य जारी छ,” चैनपुर नगरपालिका मेयर भरतकुमार खत्रीले भने । 

यता मुगुको छायानाथ–रारा नगरपालिकामा हालसम्म खेलकुद मन्त्रालयले छुट्याएको बजेटमा काम हुन भने सकेको छैन । भर्खरै मात्र अख्तियारी आएका कारण लकडाउन सकिनेबित्तिकै काम थाल्ने छायानाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले बताइन् । 

स्थानीय तह खेल पूर्वधार निर्माण कार्यविधि स्वीकृत भएर सोहीबमोजिम दीर्घकालीन खेलकुदका पूर्वधार निर्माणअन्तर्गत खेलकुद मन्त्रालयले काम थालनी गरेको हो । जसअन्तर्गत नेपालकै ७५३ वटै स्थानीय तहमा क्रमशः नीति अगाडि सारेर मन्त्रालयले कार्य थालनी गरिसकेको छ । 

जसअन्तर्गत पहिलो चरणमा सुरु भएको ८४ स्थानीय तहमा कार्यक्रम लागु भए पनि बाँकी स्थानीय तहमा खेलकुद मन्त्रालय ‘एक स्थानीय तह एक खेल ग्राम’ कार्यक्रम लागु गर्ने योजनामा छ । पहिलो चरणमै सुरु भएका कार्यहरू राम्रोसँग लागु नहुँदा नयाँ स्थानीय तहलाई सबै गाउँपालिकामा योजनाहरू राम्रोसँग सुरु गर्न सकिएको छैन । अहिले चलिरहेका योजनाहरू पनि राम्रोसँग सञ्चालनमा आएका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro