site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिसन इम्पोसिबल ७’ छायांकनका लागि ‘कोरोना फ्रि गाउँ’ बनाउँदै टम क्रुज
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरसका कारण हलिउडदेखि बलिउडसम्म रोकिएको छायांकनको काम अब विस्तारै सुरु हुने भएको छ । भारतमा महाराष्ट्र सरकारले र हलिउडमा क्यालिफोर्निया जनस्वास्थ्य विभागले अब छायांकन पुनः सुरु गर्न अनुमति दिइसकेको छ । 

योसँगै हलिउड अभिनेता टम क्रुज आफ्नो नयाँ चलचित्र ‘मिसन इम्पोसिबल ७’ छायांकन सुरु गर्ने तरखरमा छन् । जसका लागि टम ‘कोरोना फ्रि गाँउ’ बनाउँदै छन्, ताकि छायांकन टिममा कसैलाई पनि कोरोना संक्रमण नहोस् । 

Prabhu Bank
Agni Group
NIC Asia

मिडियाका अनुसार टम अक्सफोर्डसायरस्थित चहलपहल नभएको ठाउँतिर अस्थायी गाउँ बनाउने योजनामा छन् । कोरोना संक्रमण हुन नदिन टम त्यहाँ आफ्नो कास्टसँग लग्जरी भ्यानिटी भ्यानमा बस्नेछन् ।

महामारीका कारण जुनबाट नोभेम्बरमा रिलिज मिति सरेको यस चलचित्रको छायांकनमा ढिला भइसकेकाले यही सेप्टेम्बरदेखि छायांकन पुनः सुरु गर्ने तयारीमा टम रहेको बताइएको छ । (नवभारत टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय