site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 प्रदेश २ सरकारको नीति तथा कार्यक्रम :  संघले आँखा लगाएको वन परियोजनामा प्रदेशको कब्जा

जनकपुर । संघीय सरकारले आँखा लगाएको सागरनाथ वन परियोजनालाई प्रदेश २ सरकारले प्रदेशकै गौरवको योजनाको रुपमा अघि सारेको छ । 

आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले सागरनाथ वन परियोजना लगायत उत्पादनमुलक वन क्षेत्रहरुलाई सघन व्यवस्थापन अन्तर्गत ल्याई दिगो तथा वैज्ञानिक वन व्यवस्थापनको कार्य गरिने उल्लेख गरे । 

“प्रदेशकै गौरवको रुपमा रहेको सागरनाथ वन विकास परियोजना लगायतका उत्पादनमूलक वन क्षेत्रहरुलाई सघन व्यवस्थापन अन्तर्गत ल्याई दिगो तथा वैज्ञानिक वन व्यवस्थापनको कार्य गरिनेछ । स्थानीय तह र वनसँग सम्बन्धित सरोकारवालाहरुको सहकार्यमा वन विकासलाई जोड दिइने नीति लिइनेछ” नीति तथा कार्यक्रममा उल्लेख छ । 

सरकारले चुरे कार्यक्रममा चुरे संरक्षण सम्बन्धी कार्यक्रमलाई पनि जोड दिएको छ । चुरे जोगाउ मधेश बचाउ नाराका साथ यस क्षेत्रमा उल्लेख्य काम गर्ने विषय कार्यक्रममा समावेश गरिएको छ । 

यस्तै, सरकारले बेटी पढाउ बेटी बचाउ अभियानलाई निरन्तरता दिँदै थप सशक्त बनाउने कार्यक्रम ल्याएको छ । त्यस्तै महिलाको समुचित विकासका लागि महिला आयोग गठनदेखि प्रदेशमा महिला मैत्री सेफ हाउस निर्माण गर्ने लगायत विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सरकारले कृषि क्षेत्रमा विशेष जोड दिएको छ । कृषि तथा पशुपालनले तराई मधेशको आर्थिक क्षेत्रलाई बलियो बनाउन सकिने अवधारणा प्रस्तुत गर्दै कृषिजन्य औद्योगिक क्षेत्रको विकासमा जोड दिइएको छ । त्यस्तै, युवा स्वरोजगार कार्यक्रमलाई पनि विशेष महत्व साथ प्रस्तुत गरिएको छ । 

प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जस्ताको त्यस्तैः

प्रदेश सभाको बैठकमा
माननीयप्रदेश प्रमुख श्री तिलक परियारज्यूद्वारा प्रस्तुत
आ.व. २०७७⁄७८ को
प्रदेश सरकारको नीति तथा कार्यक्रम

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेशनं. २
जनकपुरधाम
मितिः २०७७⁄०२⁄२५
 
माननीय सभामुख,
माननीय सदस्यहरु।

१. विश्वमा नै कोभिड १९ को माहामारीले प्रभाव पारेको यस कठिन परिस्थितिमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु परेको छ ।

२. जनआन्दोलन,सशस्त्र जनयुद्ध,मधेशजनविद्रोह र मधेस आन्दोलन लगायत विभिन्न लोकतान्त्रिक आन्दोलनहरुबाट स्थापित नेपालको संघीयलोकतान्त्रिक गणतन्त्र स्थापनामाविशिष्ट योगदान पुर्यानई जीवन अर्पण गर्नुभएका सम्पूर्ण वीर शहिदहरुप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु। 

३. कोभिड १९ को यस माहामारीबाट विश्वमा लाखौमानिसहरुले ज्यान गुमाएका छन् भने लाखौमानिसहरुसंक्रमित भएका छन् । यस माहामारीबाटस्वदेश तथा विदेशमा ज्यान गुमाएका नेपाली नागरिक र विदेशी नागरिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकटगर्दैसंक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । 

४. यस कठिन परिस्थितिमा आफ्नो ज्यानको जोखिमलाई परवाह नगरी मानवीय सेवामा समर्पित चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चायरकर्मी, सफाइकर्मी,एम्वुलेन्स चालकलगायत यस क्षेत्रमा अहोरात्र सेवारत सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवकएवम सामाजिक संघसंस्थाहरुलाईहार्दिक धन्यवाद दिन चाहन्छु ।

५. विश्वको इतिहासमा घटित यस्ता घटनाहरुवाट अपूरणीय मानवीय तथा आर्थिक क्षति भएपनि अन्ततोगत्वायस्ता माहामारीहरु माथि मानिसले जीत प्राप्त गरेकोइतिहास साक्षी छ । तसर्थ, हामी हाम्रो लगनशीलता,धैर्यता तथा कर्तव्यनिष्ठाले यस्ता माहामारीलाई अवश्य जित्ने।छौँ भन्ने आशा राखेको छु । यस्तो परिस्थितिमा प्रदेश सरकार हरसम्भव जनताको साथ तन, मन तथा स्रोतले सदैव ऐक्यवद्ध रहनेछ ।

६. प्रदेश सरकारको यो नीति तथा कार्यक्रम नेपालको संविधान, नेपाल सरकारको आर्थिक नीति, नेपाल सरकारको आवधिक योजना तथा दीर्घकालीन क्षेत्रगतनीतिहरु,सहश्राव्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य लगायत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धताहरु, कोभिड १९ ले पारेका प्रभाव न्यूनीकरण, प्रदेश सरकारको प्रथम पंचवर्षिय योजना, मध्यकालीन खर्च संरचना, चालुआर्थिक वर्षमा ल्याएको नीति तथा कार्यक्रम र योजनाहरुको कार्यान्वयन गर्ने तथा दिगो विकास लक्ष्य अन्तर्गत प्रादेशिक प्राथमिकताहरु तय गर्दै सो हासिल गर्न अग्रसर रहेको छ।

माननीय सदस्यहरु,

७. कोभिड–१९ माहामारीले यस प्रदेशमा ल्याएको र आगामी वर्ष अझ थपिन सक्ने जनस्वास्थ्यका जोखिमहरुन्यूनीकरण गर्न, प्रभावित जनतालाई राहत प्रदान गर्न तथा यस माहामारी र सोका कारण प्रदेशभरी लगाइएको बन्दाबन्दीले गर्दा सुस्त बनेको आर्थिक–सामाजिक क्षेत्र एवं गुमेको रोजगारीका अवसरहरुलाईसम्वोधन गर्न र प्रदेशमा ठुलोसंख्यामाफर्किदै गरेका नागरिकहरुका कारण थपिएको चुनौतीहरुको सामना गरी अर्थतन्त्रलाई चलायमान बनाई पुनर्सुदृढीकरण गर्न आगामी वर्ष अवलम्वन गरिने रणनीतिहरु तथा कार्यक्रमहरु प्रस्तुत गरेको छु ।

८. कोभिड–१९ माहामारीकोजनस्वास्थ्यसंगसम्वन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रको लगानी दोब्बर गरिनेछ । आवश्यकता अनुसार गुणस्तरयुक्तक्वारान्टाईनकेन्द्रहरु र आईसोलेसनकेन्द्रहरु स्थापना गर्दै लगिनेछ । जोखिममा रहेका व्यक्तिहरुको पहिचान, पी.सी.आर. विधिको टेस्टिङ्ग र रोग संक्रमित व्यक्तिको उपचार कार्यमा प्रदेश सरकारले सबै खालको सहयोग पुर्याआउने छ । संघ र स्थानीय सरकारसंग निरन्तर समन्वय गरी प्रदेशमा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न उपयुक्त व्यवस्थापकीयप्रबन्धहरुमिलाईनेछ ।

९. कोभिड–१९ माहामारी नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु, अस्पताल संरचनाहरु तथा उपकरणहरुको यथासमय खरिद, निर्माण र सर्वसुलभउपलव्धतामा जोड दिईनेछ । कोरोना मात्रको उपचार गर्ने अस्पतालहरुछुट्याउने, अरु अस्पतालमा कोरोना बेड छुट्याउने, ज्वरो क्लिनिकहरुछुट्याउने, आई.सी.यू. बेडहरु थप्ने, रेस्पिरेटर र भेन्टिलेटरहरु पुग्दो मात्रामा उपलव्ध गर्ने र स्वास्थ्य संकट टार्न तात्कालिक उपचार केद्रहरु÷अस्पतालहरु निर्माण गर्ने कार्यमा प्रदेश सरकार दत्तचित्त रहनेछ ।

१०. स्वास्थ्य क्षेत्र र कोरोनाजोखिमसंग जुझ्ने जिम्मेवारीमा रहेका सवैराष्ट्रसेवकहरुका लागि बिमा सुविधा, पी.पी.ई. किटकोउपलव्धता, आवासीय सुविधा लगायत मनोवल बढाई वहाँहरुलेपु¥याउने सेवामा प्रभावकारिता ल्याउन आवश्यकप्रवन्धनलाई सुदृढ वनाईनेछ । यस कार्यमा तत्काल सेवामा जुट्न सक्ने दक्ष जनशक्ति र स्वयंसेवकहरुको आपूर्ति निजी र गैरसरकारी क्षेत्रहरुवाट पनि गरिनेछ । कोरोना नियन्त्रण र उपचारमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुको प्रभावकारी उपयोग गरिनेछ ।

११. नियमित खोप सेवा, नियमित स्वास्थ्य परीक्षण र उपचार सेवालाई रोकिन नदिन सजगता अपनाई प्रभावकारी उपायहरुअवलम्वन गरिने छ । आवश्यक तथ्यांक एवं सूचना संकलन गरी कोभिड१९ बाट प्रभावित आम नागरिक र खासगरी बालबालिका, महिला, किशोरीहरु, बृध्दबृध्दा तथा अन्य जोखिममा रहेका व्यक्तिहरुकालागि मनोसामाजिक परामर्श सेवा (psycho-social-counselling)कार्यक्रमस्थानीयतहसँगकोसमन्वयएवंसहकार्यमासंचालनगरिनेछ।

१२. गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि प्रादेशिक प्रयोगशालालाई अत्याधुनिक बनाईनेछ ।


१३. सरुवा रोग तथा आकस्मिक माहामारीबाटबच्न एकीकृत स्वास्थ्य नीतिको साथै २०० शैय्या सहितको प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ झिटकैयार महोत्तरीको जलेश्वरमा निर्माण गरिनेछ ।

१४. शल्यक्रिया सुविधा सहितको घुम्ती विशिष्टकृत स्वास्थ्य र ल्याव सेवा शिविर नियमितरुपमासंचालन गरिनेछ भनेमाहामारी तथा आकस्मिकरोगहरुको उपचारका लागि अस्पतालभित्र विशेष व्यवस्था मिलाइनेछ । त्यस्तै प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्नेगरी अभियानकै रुपमा सघन कार्यक्रम संचालन गरिनेछ ।

१५. पोषणयुक्त भोजन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro