site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिला नीति तथा कार्यक्रम अनि ‘प्रि–बजेट’ छलफल
फाइल तस्बिर ।

काठमाडौं । सरकारले भावी नीति तथा कार्यक्रम तय गरेर मात्रै बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) छलफल गर्ने तयारी गरेको छ ।

यसअघिको अभ्यास बदल्दै सरकारले ०८२/०८३ को नीति तथा कार्यक्रमपछि मात्रै ‘प्रि–बजेट’ छलफल गर्ने तयारी गरेको हो ।

सरकारले वैशाख १२ गतेबाट संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । विगतमा प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बाटो उल्टो भएको निष्कर्षमा सत्तापक्ष पुगेको हो ।

पहिला नीति तय गरेपछि मात्रै प्राथमिकतामा छलफल गर्नु सुल्टो बाटो भएको निष्कर्षमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनी निकटहरू बताउँछन् ।

बजेट अधिवेशनका लागि क्यालेन्डर तय भने भइसकेको छैन । तर, पहिला नीति कार्यक्रम र त्यसपछि प्रि–बजेट छलफल हुने गरी अघि बढ्न अनौपचारिक रूपमा संसद् सचिवालयलाई जानकारी समेत गराइएको छ ।

बजेटका लागि पहिला सिद्धान्त र प्राथमिकता कि नीति तथा कार्यक्रम भन्ने कानुनी व्यवस्था भने छैन । जुन अघि भए पनि तात्विक अन्तर नदेखियोस् भन्ने रहेको सचिवालयका एक अधिकारी बताउँछन् । बजेट भने जेठ १५ मा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताए । “सिद्धान्त र प्राथमिकतामा पहिले छलफल गर्ने कुरा मिलेको थिएन । त्यसलाई मिलाउने कुरा भएको छ । अब सरकारको नीति तथा कार्यक्रम पहिला आउँछ,” उनी भन्छन् ।

नीति तथा कार्यक्रमका आधारमा प्रि–बजेट छलफल हुने र त्यसका आधारमा बजेट आउने उनले बताए । त्यसो गर्दा प्रि–बजेट छलफलमा सांसदहरूले उठाएको विषय समेटिने धारणा सत्तारूढ दलको छ । नीति तथा कार्यक्रम कहिले ल्याउने भन्ने छलफल नै बाँकी छ ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले पनि पहिले नीति तथा कार्यक्रम ल्याइने गरी छलफल भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा वैशाखभित्रै नीति तथा कार्यक्रम ल्याइसकिने बताइसकेका छन् । सिद्धान्त र प्राथमिकतामा छलफल गर्ने उल्टो बाटोलाई सच्याउनुपर्ने पक्षमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

त्यसो त, सरकारले बजेटको १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्ने प्रावधान ब्युँताइसकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले प्रि–बजेट छलफल तीन महिनाअघि गरिसक्नुपर्ने प्रावधान ल्याएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेशमार्फत सो व्यवस्था गर्दै प्रि–बजेट छलफल फागुनमै भएको थियो ।

तर, ओली सरकारले गएको माघमा ल्याएको अध्यादेशमार्फत पुरानै व्यवस्था ब्युँताएको हो । नीति तथा कार्यक्रम पारित गरेर प्रि–बजेट छलफलका लागि पर्याप्त समय हुने गरी सरकारले वैशाख १२ मा नै अधिवेशन बोलाइएको नेताहरू बताउँछन् ।

०७६ मा नै पहिले ल्याइएको थियो नीति तथा कार्यक्रम
प्रायः प्रि–बजेट छलफलपछि मात्रै नीति तथा कार्यक्रम ल्याइने अभ्यास पहिले पनि तोडिएको थियो । ०७६ मा ओली नेतृत्वको सरकारले नै पहिले नीति तथा कार्यक्रम ल्याएको थियो ।

आर्थिक वर्ष २०७६/२०७७ मा नेपाल कम्युनिस्ट पार्टीको सरकार थियो । ०७६ वैशाख २० गते नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको थियो ।

०७६ वैशाख २७ गते मात्रै प्रि– बजेट छलफल सुरु भएको थियो । त्यतिबेला युवराज खतिवडा अर्थमन्त्री थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro