
जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या ९६१ पुगेको छ ।
बिहीबार कोरोना संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी रौतहटमा ६५ जना संक्रमित देखिएका हुन् । यो समेत रौतहटमा संक्रमितको संख्या ३८४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बारा र सप्तरीमा १२ जनाको दरले संक्रमण भएको छ । यी जिल्लाहरुमा संक्रमितको संख्या क्रमशः ६७ र ६९ पुगेको छ । बिहीबार धनुषामा ६ जना, महोत्तरीमा ३ जना, सर्लाहीमा ३ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुरुमा तिव्र गतिमा संक्रमण बढेको पर्सामा कुल संक्रमितको संख्या १११ पुगेको हो ।
प्रदेश २ मा हाल २२ हजार ९६१ जना क्वारेन्टाइनमा छन् । ती मध्ये सबैभन्दा बढी रौतहटमा ८ हजार ८८३ र सबैभन्दा कम पर्सामा ६८५ जना क्वारेन्टाइनमा बसिरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेश २ मा हालसम्म कोरोना संक्रमण भएर पनि निको भई घर फर्किनेको संख्या १२२ छन् ।