विशेष
काठमाडौं । आज कोरोना संक्रमण देखिनेमध्ये एक जना धादिङकी ३८ हप्ताकी गर्भवती महिला रहेको खुलेको छ । ती महिला हाल थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचाररत रहेको अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले बताए । गत बुधबार ज्वरो आएपछि अस्पतालमा उपचारका लागि आएकी महिलामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।
“संक्रमित महिला ३८ हप्ताको गर्भवती रहेकी छन्,” गाैतमले भने, “ उनको अवस्था सामान्य रहेको छ ।”
उनलाई कोभिड अस्पतालमा रिफर गर्ने तयारी भइरहेको गौतमले जानकारी दिए । उनले भने “गर्भवतीको सम्पर्कमा आएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ ।”
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७ १८:२३
प्रतिक्रिया दिनुहोस्