site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहिले हुन्छ संविधान संशोधन ?
SkywellSkywell

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी नेपालको नक्सासहितको निसान छाप परिमार्जन गर्न  विधेयक पेस भएको हो । 

आइतबार नै नेपालको संविधानको धारा २७४ को उपधारा २ बमोजिम संसद्‍मा पेस भएको संविधान संशोधन विधेयक उपधारा ३ बमोजिम  जनताको जानकारीका लागि राजपत्रमा प्रकाशित भइसकेको छ । संविधान संशोधनसम्बन्धी व्यवस्थामा विधेयक संसद्‍मा पेस भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि पेस भएकै दिन राजपत्रमा प्रकाशित भइसकेको छ ।

नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निसान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निसान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएको भन्दै मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि  संशोधन विधेयक पेस गरेकी हुन् ।
 
यस्तो छ प्रक्रिया  

KFC Island Ad
NIC Asia

संविधान संशोधन विधेयक संसदमा पेस भएर राजपत्रमा समेत प्रकाशित भइसकेको छ । यसरी सर्वसाधारण जनताको जानकारीका लागि सूचना प्रकाशित गरेको ७ दिनपछि बस्‍ने कुनै बैठकमा विधेयक प्रस्तुत गर्न सकिने व्यवस्था छ । संसद्‍मा प्रस्तुत भएपछि त्यसमाथि सैद्धान्तिक छलफलको क्रम सुरु हुने संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । त्यसरी बैठकमा छलफलका लागि विधेयक प्रस्तुत भएको ७२ घन्टा संशोधनका लागि दिइन्छ । त्यसमाथि संशोधन परेमा त्यसलाई पनि समेटेर अर्को बैठकमा छलफल गराइनेछ ।

संसद्‍मा छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ। संसद्‍मा तत्काल कायम रहेको सदस्य सँख्याको दुइतिहाईबाट विधेयक पारित गर्नुपर्नेछ । दस्तखतसहितको मतविभाजनबाट दुई तिहाई पुग्‍नुपर्छ ।

Royal Enfield Island Ad

संविधान संशोधनको पक्षमा बलियो मत देखिएकाले धेरै संशोधन नपर्ने ठानिएको छ । धेरै संशोधन परेमा भने विधेयक समितिमा पठाइनेछ । तर, संशोधन धेरै नपरेमा भने सिधै प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । विधेयक पेस भएकै दिन राजपत्रमा प्रकाशित गर्नुले पनि सरकारले फास्टट्रयाकमा विधेयक अगाडि बढाउन खोजेको देखिन्छ ।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै क्रमशः विधेयक प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, संशोधनको म्याद जारी गर्ने, संशोधन परेमा संशोधन र प्रस्तावलाई छलफल गर्ने र निर्णयार्थ पेस गरिनेछ । प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विधेयक तत्काल उपस्थित सदस्य सँख्याको दुईतिहाईबाट पारित हुनुपर्छ । दुवै सदनबाट पारित भएको विधेयकलाई प्रमाणित गरेर सभामुखले राष्ट्रपतिसमक्ष पठाउने र राष्ट्रपतिबाट स्वीकृत भएपछि पुन राजपत्रमा प्रकाशित भएसँगै लागु हुनेछ। 

कांग्रेस पक्षमा, समाजवादी अन्योलमा 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ । कांग्रेस केन्द्रीय समितिको शनिबार बसेको बैठकले विधेयकको पक्षमा उभिने भन्दै सोहीअनुसार निर्णय गर्न संसदीय दललाई निर्देशन दिइसकेको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेस विधेयकमा एकै ठाउँमा उभिएपछि विधेयक पारित हुन सहज देखिएको छ ।

तर, अर्को प्रतिपक्षी दल राजपा र समाजवादी (हाल जनता समाजवादी पार्टी) भने विधेयकका विषयमा अन्योलमा छन् । उनीहरू  संविधानमा आफूहरूले उठाएका असन्तुष्टि सम्बोधनका लागि भन्दै अलग संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारीमा छन् । तर, उनीहरूको संशोधन प्रस्ताव संसद्‍मा दर्ता भइसकेको छैन । सरकारले ल्याएको विधेयक र आफ्नो विधेयकसँगै अगाडि बढाउनुपर्ने उनीहरूको अडान छ ।

सरकारले ल्याएको संशोधन विधेयकसँग अरु विधेयकसँगै अगाडि बढाउने सम्भावना न्यून रहेको सत्तारुढ दल नेकपाका नेताहरू बताउँछन् । सरकारलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको समेत साथ मिलेपछि विधेयक अघि बढाउन थप बल पुगेको छ । निशान छापसम्बन्धी सरकारले ल्याएको विधेयक मात्र अगाडि बढाएमा मधेस केन्द्रित दललाई पनि त्यसकै पक्षमा उभिन दबाब पर्ने देखिन्छ । तर, उनीहरूले पक्षमा मत जाहेर गर्छन् कि विपक्षमा उभिन्छन् त्यसबारे बोलेका छैनन् । नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा भने उनीहरू पनि छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro