देश
काठमाडौं । लकडाउनको समयमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्ने काम भएको छ ।
यस्तै आन्तरिक र बाह्य दुबैतर्फको नयाँ प्रस्थान तथा आवागन कक्ष निर्माण सम्पन्न भएको छ । विमानस्थलमा हालसम्म भएको प्रगतीबारे जानकारी गराउन विमानस्थलमा आइतबार मिडिया ब्रिफिङ गरियो ।
सो समयमा ३ सय मिटर थप गरिएको धावनमार्ग, आवागमन तथा प्रस्थान कक्षबारे सञ्चारमाध्यमलाई जानकारी गराइएको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।
सो समयमा विमानस्थल कार्यालय खुलेको अवस्थामा सामाजिक दूरी कसरी कायम गर्ने, यात्रुहरूको व्यवस्थापन कसरी हुनेलगायतका व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७ २०:२७
प्रतिक्रिया दिनुहोस्