site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन दर्ता भएन महन्थ ठाकुरको संविधान संशोधन प्रस्ताव ? 
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद (राष्ट्रिय जनता पार्टी नेपाल)का संसदीय दलका नेता महन्थ ठाकुरले दर्ता गराउन खोजेको संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन ।

शुक्रबार ठाकुर सांसदहरु राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा, नेता केशव झासहित लिएर संसद सचिवालय पुगेका थिए । तर, संसद सचिवालयले आइतबार आउनु भन्दै शुक्रबार संशोधन प्रस्ताव दर्ता गर्न नमानेको झाले बताए । 

संघीय संसद सचिवालयले शुक्रबार संशोधन प्रस्ताव दर्ता गर्न नभ्याइएको बताए ।  “क्राइटेरियाहरु पुग्‍नुपर्छ संशोधन प्रस्तावको ढाँचामा । उहाँहरु ढिला पनि आउनुभयो । प्रत्येक पृष्ठको हस्ताक्षर गर्नुपर्ने, ढाँचा नपुगेको ठाउँमा भर्नुपर्ने हुँदा समय नभ्याएपछि उहाँहरु जानुभयो,” सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले भने,“अब भोलि पर्सितिर दर्ता हुने प्रक्रियामा जान्छ होला । ” उनले संशोधन प्रस्ताव दर्ता गर्न पाउनु अधिकार नै भएको पनि बताए । 

KFC Island Ad
NIC Asia

प्रवक्ता पाण्डेले यसो बताए पनि राजपाका नेता झाले भने सचिवालय पन्छिन खोजेको आरोप लगाए । “सभामुखसँग सरसल्लाह गर्नुपर्ने भयो । पर्सी फस्ट आवरमा आउनुस् अनि मात्र के गर्न सकिन्छ गरौंला भनियो,” उनले भने, “नियम कानुनमा दर्ता गर्नकै लागि सभामुखसँग रायसल्लाह गर्नुपर्ने आवश्यक्ता नै छैन । टेबल गर्नेबेलामा हो चाहिने । तर, हामीलाई सचिवालयले फर्काइदियो ।”

जनता समाजवादीले लगेको संविधान संशोधन प्रस्ताव दर्ता भएन

प्रवक्ता पाण्डेले सचिवालयले सभामुखसँग समन्वय गर्ने विषय स्वभाविक भएको बताए । “क्राइटेरिया पुगेपछि दर्ता नगर्ने भन्‍ने हुँदैन । प्रतिनिधिसभा नियमावलीमा गैरसरकारी विधेयक लैजान सक्ने  व्यवस्था छ,” उनले भने । नेता झाले आइतबार संशोधन प्रस्ताव दर्ताका लागि पुन जाने पनि बताए । 

Royal Enfield Island Ad

उनले संशोधन प्रस्तावमा भाषा, नागरिकता, राष्ट्रियसभाको संरचना, संघीय सिमांकन आयोग गठन र  संविधानको धारा २७४ को उपधारा ७ संशोधन गन गर्ने विषय समावेश भएको जानकारी दिए । 

संविधानको धारा ६ मा ‘नेपाल सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृ भाषाहरुलाई संविधानको अनुसुचिमा समावेश गर्नेछ’ भन्ने वाक्यांश थप गर्नुपर्ने ठाकुरको संशोधन प्रस्तावमा उल्लेख छ । 

त्यस्तै, संविधानको धारा २८७ मा संघीय आयोग गठनको व्यवस्था थप गर्न माग गरिएको छ । प्रदेशको सँख्या तथा सिमाङकन हेरफेर सम्बन्धि विषयमा सिफारिस गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्ने र त्यसको कार्यादेश तथा कार्यविधि आयोग गठन गर्दा सरकारले निर्धारण गरेबमोजिम हुने व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ । 

त्यस्तै, संविधानको धारा ७ मा पनि संशोधन हुनुपर्ने ठाकुरको माग छ । ‘भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनि निर्णय गरिएका भाषालाई संविधानको अनुसुचीमा समावेश गर्नेछ’ भन्ने व्यवस्था धारा ७ मा थप गर्नुपर्ने उल्लेख छ । 

त्यस्तै, नेपालीसँग विवाह गरेर आएकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि वैवाहिक अंगिकृत नागरिकता लिनसक्ने व्यवस्था राख्नुपर्ने भन्दै संविधानको धारा ११ को उपधारा ६ मा संशोधन गर्नुपर्ने ठाकुरको प्रस्ताव छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro