देश
काठमाडौं । आज सिथि नख: पर्व । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथि नखः पर्व मनाएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण भइरहेको ‘लकडाउन’का बीच पनि आज सिथी नखः पर्व मनाइएको हो ।
काठमाडौं, भक्तपुर, ललितपुरका पुरानो नेवार बस्तीभित्रका पानीका मुहान, इनार, कुवा, पोखरी, ढुंगेधारालगायत पानीका स्रोत सफा गरिएको हुन् ।
पानीको महत्त्व र त्यसको स्रोतको संरक्षण गर्न लिच्छविकालदेखि सुरु भएको सिथि नखः पर्वसँगै वर्षा सुरु हुने र किसान धान रोपाइँमा व्यस्त हुने मान्यता छ ।
पानीको स्रोत सफा गरी चटामारी, बारा, भटमास, अदुवा र आलुको परिकार खाने चलन छ । हेरौं ललितपुर पाटनको छवाहलमा रहेको ढुंगेधारा सफाइ गर्दै स्थानीय र त्यहाँ रहेका पानीका मुहान :
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७ १९:५१
प्रतिक्रिया दिनुहोस्