काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ६५ दिन पुगेको छ ।
गत चैत ११ देखि सरकारले लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित बनेको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ । यसरी लामो समय लकडाउनमा परेका सर्वसाधारण भने बिहान–बेलुकाको समय मिलाएर अत्यावश्यक सामग्री किन्ने गरेका छन् ।
यसैक्रममा सधैं व्यस्त रहने असन बजार पनि अलिअलि खुल्ने गरेका छन् । बजारमा किनमेल गर्नेको भिडसँगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै छ । पसलमा दैनिक उपभोग्य सामग्री किन्न उपभोक्ताहरू पुग्ने गरेका छन् । असनमा किनमेल गर्ने उपभोक्ता तथा व्यवसायीहरूको चहलपहल हेरौं थप तस्बिरमा :