देश
काठमाडौं । कोरोनाको जोखिम बढेपछि काठमाडौंको कालीमाटी तरकारी बजारमा व्यापार गर्ने व्यापारीहरुको कोरोना परीक्षण गरिएको छ ।
आजदेखि काठमाडौंमा सर्वसाधारणको स्वाब संकलन थालिएको हो । पहिलोचरणमा तरकारी व्यापारी, मजदुर, पत्रकार, सुरक्षाकर्मी, फोहोर संकलनमा खटिएका कर्मचारीलगायतको कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
करिब १० हजारजनाको कोरोना परीक्षण गरिने भएको छ ।
कालीमाटीमा कोरोना परीक्षणका लागि गरिएको स्वाब संकलनका केही तस्बिरहरु
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७ १४:२२
प्रतिक्रिया दिनुहोस्