site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 ‘अमेरिकामा नेपालीलाई समस्या परे सीधै फोन गर्नुस्’
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । कोरोनाभाइरस रोग (कोभिड १९)को केन्द्र बनेको न्यूयोर्क राज्यमा धेरै मानिसको ज्यान गयो । संक्रमित हुने र मृत्यु हुने नेपालीको संख्या पनि विश्वका अन्य मुलुकमा रहेका नेपालीको संख्याको तुलनामा बढी हुन पुगेको छ । यसै सेरोफेरोमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आयोजना गर्ने बहसमा हालै न्यूयोर्क राज्यका सिनेटर जोन लुलाई निम्त्याइएको थियो । 

उक्त बहसमा नेजाको तर्फबाट संस्थाका महासचिव किरण मरहट्ठा र मैले जुम भिडियो कन्फ्रेन्सिङगमा संयुक्त रुपमा सञ्चालन गरेका थियौं ।  उनले कोभिड १९ का विविध विषयवस्तु तथा नेपालीहरुको सरोकारका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

कोभिड १९ को समयमा सरकारले दिने भनेको बेरोजगारी भत्ता र महाव्याधी बेरोजगारी सुविधा लिँदा भविष्यमा नागरिकता लिँदा वा ग्रिनकार्ड लिँदा समस्या हुन्छ कि भन्ने प्रश्नको उत्तरमा सिनेटर लुले स्पष्टसँग ठ्याक्कै भन्न नसक्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामी सबैलाई थाहा छ कि ट्रम्प प्रशासनले पब्लिक चार्जको परिभाषालाई फराकिलो बनाएका छन् ताकि इमिग्रेसनको दर्जा अपग्रेड गर्दा बाधा अवरोध होस्,” सिनेटर लुले भने, “विगतमा भएको भए नागरिकता र ग्रिनकार्ड लिन चाहनेहरुलाई यस्तो कुनै असर हुँदैनथ्यो ।” 

तर जसुकै भए पनि आफूले मानिसहरुलाई संकटको बेलामा यस्तो सुविधा लिनका लागि प्रोत्साहित गर्ने गरेको र मानिसहरुले एकअर्कालाई पनि प्रोत्साहित गर्नुपर्ने सिनेटर लुले बताए । 

Global Ime bank

फेडेरल सरकारको यो बेरोजगारी इन्स्योरेन्स र महाव्याधी बेरोजगारी सहायताले मानिसहरुलाई बाँच्नका लागि सहयोग पुर्‍याउनका लागि र परिवारहरुलाई यो परिस्थितिको सामना गर्नको लागि सहयोग गर्दै हाम्रो अर्थतन्त्र सम्पूर्ण रुपमा धराशायी हुन नदिनका लागि भएको सिनेटर लु को भनाइ थियो । 
सिनेटर लु न्यूयोर्क राज्यको शिक्षासम्बन्धी समितिका अध्यक्ष हुन् र उनी सिनेटमा पनि शिक्षा समितिमा छन् । 

उनले गत मार्च १६ देखि न्यूयोर्कको सार्वजनिक विद्यालयहरु बन्द रहेको र त्यसको केही समयमै अनलाइन तथा दूरशिक्षाबाट अध्ययन अध्यापन भइरहेको बताए । अनलाइन अध्ययनको लागि चाहिने आइप्याडहरु लाखौं विद्यार्थीलाई न्यूयोर्क राज्यले वितरण गरको थियो ।  उनले अझै पनि कुनै विद्यार्थीले आइप्याड नपाएको भए ३११ मा फोन गरेर भन्नुुपर्ने बताए । 

“केही बच्चाहरुलाई अनलाइन सिकाइ छिट्टै बानी पर्यो, केही विद्यार्थीहरुलाई पारिवारिक वातावरण आदिका कारणले अझै गाह्रो भइरहेको छ,” सिनेटर लुले भने । 

केही शिक्षकहरुले पनि यो नयाँ सिकाइको पद्धतिमा सुरुमा गाह्रो महसुस गरेको उनले बताए । 

शिक्षा विभागले नयाँ ग्रेडिङ (श्रेणी) नीति ल्याएको छ जसले यो शैक्षिक सत्रमा विद्यार्थीहरुलाई अनुत्तिर्ण गरिँदैन र पास हुन नसक्नेले गर्मी महिनाको छुट्टी (समर)मा वा सम्भवतः फेलमा पनि पछि पास गर्न मिल्नेगरी आगामी दिनमा पढाइ सञ्चालन गरिने बताए । 

सरकारी बेरोजगारी सुविधाको लागि फाराम भर्न र सुविधा प्राप्त गर्न कतिपय मानिसलाई ढिलाइ भइरहेको सिनेटर लुले स्वीकार गरे । उनले गतवर्ष र यो वर्षमा अनलाइनबाट कर दाखिला गरेको भए आन्तरिक राजश्व सेवा (आईआरएस)ले सहयोग रकमहरु उपलब्ध गराइरहेको बताए । 

न्यू योर्कमा बसेर काम गर्दै आएका नेपाली पवन मल्लले दुईपटक इमर्जेन्सी मेडिकल सर्भिसलाई बोलाउँदा पनि उनलाई अस्पताल लगिएन । 

कोभिड १९ बाट अत्यन्तै थालिएका मल्लको अन्ततः अपार्टमेन्टमै त्यही रात ज्यान गयो । के यो अल्पसंख्यक नेपालीहरुमाथि भएको भेदभाव हो ? न्यूयोर्क राज्यबाट अल्पसँख्यक एसियाली मूलका अमेरिकनहरुको प्रतिनिधित्व गर्ने सिनेटर बनेका जोन लुसँग हामीले सोध्यौं । यसमा सिनेटर लु को उत्तर थियो, “कहिलेकाहिँ सांस्कृतिक बुझाइ र कम्यूनिकेशन (संवाद)मा फरक पर्दा यस्तो हुन सक्छ ।”

उनले अल्पसंख्यक आप्रवासीको हक हितको लागि आवाज उठाउँदै आएको जनाउँदै यस्तै कारणहरुले गर्दा आफू सिनेटमा गएको बताए ।  उनी सिटी काउन्सिल र सिनेटमा जानुअघि एसियन अमेरिकनको प्रतिनिधित्व न्यूयोर्कको राजनीतिमा नभएको उल्लेख गरे । सिनेटर लुले नेपालीहरुलाई जनगणनामा भाग लिन आग्रह पनि गरे । जनगणनामा भाग लिनको लागि नागरिक वा गैरनागरिक दुवैथरीले फारम भर्न पाउँछन् । 

“अनलाइनबाट जनगणनाको फारम भर्न जम्मा पाँच मिनेट मात्र लाग्छ,” सिनेटर लुले भने, “जनगणनामा फारम भरेन भने यसको नकारात्मक असर अध्यागमनमा पनि हुन सक्छ ।” जनगणना अमेरिकाको लोकतान्त्रिक पद्धतिमा भाग लिने एउटा प्रकृया भएको उल्लेख गर्दैै यदि जनगणनामा भाग लिएको छैन भने भोट हाल्न नपाइने बताए ।

आफूले नेपालीहरुको दुई पुस्तालाई चिनेको बताउँदै नेपालीहरु न्यूयोर्कको आप्रवासी समूदायको एक महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे ।  आफूले नेपाली समूदायसँग मिलेर काम गरेको २० वर्ष जति भएको बताए ।  उनले भने, “नेपाली समूदायले धेरै प्रगित गरेका छन् ।”

उनले नेपालीहरु अस्पतालदेखी अरु अत्यावश्यकीय सेवाका कार्य तथा व्यवसायमा संलग्न रहेको बताए ।  उनले भने, “हामी अहिले अत्यावश्यकीय सेवाका कर्मचारीहरुको बारेमा हरेकदिनजसो कुरा गरिरहेका छौं र नेपालीहरु हस्पिटल, रेस्टुरेन्ट, डेलिभरी आदिमा कार्यरत छन् ।” 

सामान्य जीवन र बजारलाई छिटो खोल्दा धेरैजना व्यक्तिहरुको ज्यान जाने सिनेटर लुको भनाइ थियो ।  उनले राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि अर्कोपटक निर्वाचित हुन चाहेकाले छिटोभन्दा छिटो बजार खोल्न खोजेको बताए ।  उनले थपे, “नराम्रो अर्थतन्त्रले उनलाई पूनःनिर्वाचित गराउँदैन ।” ज्यादा जनघनत्व रहेको न्यू योर्क राज्यमा छ फिटको सामाजिक दूरी कायम गर्न सधैँभरि सम्भव हुन नसक्ने कुरा लुले स्वीकार गरे ।

उनले भने, “सामाजिक दूरीको तयारीस्वरुप अहिले कतिपय ग्रोसरी स्टोरमा प्लास्टिकको ब्यारिअर देख्न थालिसकेको छु ।”   

नेजा बहसका क्रममा सिनेटर लुले नेपालीहरुलाई कोभिड १९ को महामारीमा न्यूयोर्क राज्यको तर्फबाट प्राप्त हुने राहत वा कुनै सहयोग चाहिएमा सिनेटरका रुपमा आफ्नो कार्यालय सदैव तयार रहेको बताए ।  उनले नेपालीहरुलाई जुम भिडियो कन्फ्रन्सिङगको क्रममा आफ्नो फोन नम्बर र इमेल पनि उपलब्ध गराएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC