site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
न्युयोर्कमा एक नेपालीको मृत्यु
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । न्युयोर्कमा एक ५२ वर्षीय नेपालीको मृत्यु भएको छ । पेटको क्यान्सरकासमेत बिरामी रहेका ती नेपाली पेम्बा रिन्झी लामा भएको शेर्पा किदगुका अध्यक्ष उर्गेन शेर्पाले बाह्रखरीलाई जनाएका छन् । "मृत्युको कारण कोरोना भाइरस नभइ क्यान्सरको अन्तिम अवस्था भएको उनी निकट व्यक्तिले बताएका छन्," अध्यक्ष शेर्पाले भने ।

सिकिस्त विरामी भएपछि उनलाई म्यानह्याटनस्थित प्रेसबाइटेरियन हस्पिटलमा लगिएको थियो । अस्पताल लगेको करिब १० दिनपछि बुधबार साझ ६:२० मा उनलाई मृत घोषणा गरिएको शेर्पाले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मृतक लामा अमेरिका आएको ६ वर्ष भएको थियो र उनी पछिल्लो समय पेन्सलभिनियाबाट न्युयोर्कमा आएका थिए । क्यान्सरले च्याप्दै गए पनि कोरोना भाइरसको त्रासका कारण उनी अस्पताल नगइ अपार्टमेन्टमैं बसिरहेका थिए ।

मृतक लामाका नजिकका परिवार अमेरिकामा छैनन् । सोलुखुम्बु जिल्लाको हिडनक्पु घरभएका लामाका जेठानका छोरा पर्ने लाक्पा छिरिंग शेर्पालाई नजिकको हकदार राखिएको छ ।  

Global Ime bank

अन्तेष्टी न्यू जर्सीमा हुने

मृतक लामाको अन्तेष्टि न्युजर्सीको फ्युनरल होममा हुने भएको छ । फ्युनरल होममा लाग्‍ने खर्च ५० प्रतिशत मिनाहा भएको र बाँकी ५० प्रतिशत एक नन प्रफिट संस्थाले बेहोर्ने भएको छ । मेरील्याण्ड राज्यका निर्वाचित विधानसभा सदस्य ह्यारी भण्डरीको पहलमा खर्च मिनाहा र नन प्रफिटबाट सहयोग जुटेको शेर्पाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement