site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘प्रधानमन्त्रीले आज थाकेँ भनेर बैठक छाड्नु भयो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अब नयाँ कुरा भएन । शनिबार सामसुम भएको भनिएको विवाद पुनः उकुच पल्टिएको घाउझैं बल्झिएको छ । गुटगत भेला र बैठकले प्रश्रय पाउन थालेको छ । असन्तुष्टि सीमा पार गरेर अघि बढेको छ ।

बुधबारको सचिवालय बैठकमा प्रस्टै देखियो । बैठक सुरु भएको २०-२५ मिनेटमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उठेर हिँडे । त्यसपछि फर्किएर आएनन् ।

स्थायी कमिटीको प्रस्तावमाथि छलफल गर्न र कार्यसूची तय गर्न बसेको बैठक निष्कर्षविहीन भयो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री फर्किएर नआएपछि निर्णय नै हुन नपाएको बताए ।

“आज बैठक नै बस्न सकेन । स्थायी कमिटीको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । बैठक चल्दै पनि थियो । प्रधानमन्त्री बीचमा एक्कासी उठ्नुभयो । म थाकें । सञ्चो पनि भएन भनेर हिँड्नुभयो । हामीले एकछिन कुर्‍यौं, उहाँ आउनु भएन । निर्णय अनिश्चित भयो,” खनालले बाह्रखरीसँग भने ।

कार्यसूचीमाथि असन्तुष्टि भएर हिँड्नु भएको हो भन्ने बाह्रखरीको जिज्ञासामा नेता खनालले कार्यसूचीमाथि प्रवेश नै हुन नपाएको बताए ।

“स्थायी कमिटी बोलाइसकिएको छ । सबै सदस्यहरू तयारी हालतमा छन् । यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न उठ्यो । अन्तिममा हामीले तपाईंहरू नै छलफल गरेर निर्णय गर्नुहोस् भनेर दुई अध्यक्षलाई जिम्मा लगाएर हिँड्यौं,” खनालले भने ।

स्थायी कमिटीको बैठक बिहीबार ११ बजे पार्टी मुख्यालयमा बस्ने तय भएको छ । तर, सचिवालय बैठक नै बस्न नसकेपछि स्थायी कमिटी अनिश्चित भएको खनालको भनाइ छ ।

“उहाँहरूले छलफल गर्नुहोला, त्यसपछि मात्रै भन्न सकिन्छ । अहिलेलाई अनिश्चित नै भयो,” उनले थपे ।

प्रधानमन्त्री कार्यसूचीमाथि बोल्दै थिए । अचानक बैठकको जरुरी छैन भन्दै बाहिरिएको स्रोतको दाबी छ । प्रधानमन्त्री जुरुक्क उठेर हिँडेपछि बाँकी सदस्यहरू बिलखबन्दमा परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro