site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली–नेपाल समूहबीच मन माझामाझ, भोलि सचिवालय बैठक 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल समूहबीच छलफल भएको छ । छलफलले भोलि मंगलबार सचिवालय बैठक बोलाउन अध्यक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । अध्यक्ष ओली मंगलबार सचिवालय बैठक बोलाउन तयार भएका छन् ।

आजको बैठकमा दुईपक्षबीच मन माझामाझ भएको नेता रघुजी पन्तले जानकारी दिए । कोटेश्वरमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली थिए भने नेपाल समूहबाट नेपाल आफैँ सहभागी थिए ।

नेपालसँगै नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त थिए । “छलफलमा दुवै पक्षबीच मन माझामाझको अवस्था बन्यो,” नेता पन्तले भने, “भोलि सचिवालय बोलाउने कुरा भएको छ ।” छलफलमा नेपाल पक्षले अहिले अब अध्यक्ष तथा प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro