site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘बैठक जति धकेलिन्छ, आगो उति सल्कन्छ’
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक पनि धकेल्ने प्रयत्न गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले पार्टी नेताहरूसँगको अनौपचारिक छलफलमा आइतबार, सोमबारसम्म बैठक राख्ने र संवादमार्फत् हल खोज्ने आश्वासन दिएका थिए । पछिल्लो समय स्थायी कमिटी पनि नबोलाउने र सचिवालय बैठक पनि टार्ने मनशाय देखिएको नेताहरू बताउँछन् ।

“सचिवालय बैठकमा सामूहिक छलफल गर्ने र निकास निकाल्ने भन्दा पनि आफू निकटलाई विभिन्न नेताहरूको घरघर पठाइरहनुभएको छ । उहाँको पछिल्लो गतिविधि हेर्दा बैठक टार्ने नै देखिन्छ,” एक सचिवालय सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने ।

KFC Island Ad
NIC Asia

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बैठकको विकल्प नभएको बताए । “प्रधानमन्त्रीले बैठककै तयारी गरिरहनुभएको होला । अलि ढिलाइ भएको हो । बैठक नबोलाउने, नबस्ने कुरै आउँदैन । अहिलेको परिस्थितिमा बैठकको विकल्प पनि छैन,” बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै खनालले भने ।
खनालले अध्यादेश फिर्तापश्चात् पनि परिस्थिति सामान्य नभइसकेको र विषय नचिसिइसकेको बताए । बैठक बसेर सरकार, पार्टीका काम–कारबाहीबारे समीक्षा गर्नुपर्ने अवस्था रहेको उनको निष्कर्ष छ ।

“बैठक जति धकेलिँदै जान्छ, आगो उतिकै सल्कँदै जान्छ,” खनालको भनाइ छ । खनालले मङ्गलबार, बुधबारसम्ममा सचिवालय बैठक बस्ने सम्भावना व्यक्त गरे । सचिवालय बैठकले स्थायी कमिटी बैठक तय गर्ने उनले जानकारी दिए ।

Royal Enfield Island Ad

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठक, नबस्नेबारे आफू अनभिज्ञ रहेको बताए । “अहिलेसम्म कुनै जानकारी आएको छैन । बैठकको आवश्यकता छ तर कहिले बस्छ भन्न सकिँदैन,” उनको भनाइ छ । ‘शीर्ष नेताहरूबीचको अनौपचारिक संवादले केही निकास दिएको हो कि ?’ भन्ने बाह्रखरीको प्रश्नमा प्रवक्ता श्रेष्ठले नेताहरूबीच त्यस्तो अनौपचारिक संवाद पनि नरहेको र बैठककै प्रतीक्षामा रहेको जानकारी दिए ।

ओलीको प्रस्ताव बजेटपछि बैठक

विज्ञहरूले वैशाख १५ गतेपछाडि लकडाउन खुकुल्याउन सुझाव दिएका थिए । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा पनि यस्तै प्रकृतिको सुझाव आएको थियो । अर्थतन्त्र थिलोथिलो भइसकेकाले त्राण दिन पनि उद्योग–धन्दा, कलकारखाना खोल्न दिइनुपर्ने, उत्पादनशील क्षेत्रमा काम रोक्न नहुने र क्रमशः लकडाउन खुकुलो बनाउँदै जानुपर्ने राय विज्ञहरूको थियो ।

तर, सरकारले १० दिन लम्ब्याएर वैशाख २५ गतेसम्म पुर्‍याउने निर्णय गर्‍यो । कोरोनाको त्रासले भन्दा पनि पार्टीभित्रको किचलो मत्थर पार्न लकडाउनलाई नै साहारा लिएको नेताहरूको बुझाइ छ । “अहिले थप गरिएको लकडाउन कोराना भन्दा पनि राजनीतिक कारणले हो,” विज्ञ, सरोकारवालाहरूको निचोड छ  ।

पार्टीका २० जना स्थायी कमिटी सदस्यहरूले बैठक डाक्न माग गर्दै वैशाख १० गते अध्यक्षद्वय, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र बुझाएका छन् ।  सचिवालय बैठक बसेर स्थायी कमिटीको बैठक तय गर्न उनीहरूले माग गरेको छन् । तर, ओलीले बजेटपछि मात्रै बैठक डाक्न सकिने बताएको स्थायी कमिटी सदस्य बताउँछन् ।

लकडाउन लम्ब्याएर अध्यादेशमार्फत् बजेट ल्याउने र संसद् पनि छल्ने तयारी गरेको नेकपाकै नेताहरूको बुझाइ छ । जेठको पहिलो हप्तासम्म लकडाउन लम्ब्याइए नियमित प्रक्रियाबाट बजेट आउन असम्भव नै हुन्छ ।

“अहिलेको आवश्यकता बैठक नै हो । बैठकको विकल्प अरू केही हुन सक्दैन । बैठक छल्दै, टार्दै जाने हो भने पार्टी कमिटीले विकल्प सोच्नुपर्छ,” बैठकको माग गर्नेमध्येका एक स्थायी कमिटी सदस्य बताउँछन् ।

प्रधानमन्त्री ओलीको ध्यान बैठक राख्नेतिर भन्दा पनि नेपाल, प्रचण्डलाई मनाउनतिर केन्द्रित भएको नेताहरू बताउँछन् ।

आइतबार बिहान प्रचण्डलाई भेट्न पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहानै खुमलटार पुगेका थिए । दुवै ओली निकट स्थायी कमिटी सदस्य हुन् । प्रचण्डसँगको भेटमा पोखरेल र ज्ञवालीले दुई अध्यक्ष मिल्न जोड दिएको स्रोतको दाबी छ ।

दुई अध्यक्षकै जोडबलमा पार्टी एकता भएको, कम्युनिस्ट पार्टीले दुई तिहाइ मत हासिल गरेको बताउँदै अहिलेको परिस्थितिले दुई अध्यक्षको एकता नै खोजेको बताएको स्रोतले दाबी गर्‍यो ।

प्रचण्डलाई भेटेर पोखरेल र ज्ञवाली कोटेश्वर पुगेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालाई पनि शीर्ष नेताको सहमतिमै जोड दिएको र तत्काल स्थायी कमिटी बस्न सक्ने अवस्था नरहेको बताएका थिए ।

“उहाँहरूको जोड बजेटपछि बैठक राखौं भन्ने थियो । कोराना सङ्क्रमणले गर्दा तत्कालै बैठक बस्ने सम्भावना के होला भनेर बुझ्न खोजेजस्तो देखिन्थ्यो । उहाँहरूको मनशाय हेर्दा सकेसम्म बैठक टारौं भन्ने नै देखिन्छ,” नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

ओलीले तत्काल स्थायी कमिटी बैठक टार्ने सम्भावना बढेपछि आइतबारै साँझ नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू कोटेश्वर भेला भएका थिए । बैठकको अन्त्यमा प्रचण्ड पनि नेपाल निवास आइपुगेका थिए । भेलामा स्थायी कमिटीको बैठक नै राख्न जोड दिएको र बैठकको विकल्प बैठक नै भएको निष्कर्ष निकालिएको बेदुराम भुसालले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro