site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्‍मा ओलीको प्रस्ताव– अहिलेलाई अध्यादेश फिर्ता लिउँ

काठमाडौं । सरकारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको दुवै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।  अध्यादेशको बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा अहिलेलाई खारेज गरौं भनेर फिर्ताको प्रस्ताव गरेको एक मन्त्रीले जानकारी दिए ।

“मन्त्रिपरिषद् बैठकमा अरू नियमित विषयहरू थिए । बैठकको सुरुमै प्रधानमन्त्रीज्यूले सबैको सुझावलाई ध्यानमा राखेर फिर्ता गरौँ भन्नुभयो,” ती मन्त्रीले भने ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी पहिलो संशोधन अध्यादेश र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार, कार्यविधिसम्बन्धी दोस्रो संशोधन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

चौतर्फी आलोचना बेहोरेपछि प्रधानमन्त्री फिर्ता लिने निष्कर्षमा पुगेको ती मन्त्रीको भनाइ छ । 

“आजको क्याबिनेटमा प्रधानमन्त्रीले धेरै ब्रिफिङ त गर्नुभएन । पार्टीका नेताहरूको, कानुनविद् सबैको सुझावअनुसार अहिलेलाई फिर्ता लिँदा उपयुक्त हुन्छ भन्ने उहाँको निचोड थियो । त्यहीअनुसार उहाँले प्रस्ताव गर्नुभएको हुनसक्छ । संविधानको धारा ११४ को ख बमोजिम राष्ट्रपति समक्ष खारेजीको सिफारिस मन्त्रिपरिषद्ले गरेको छ ।”
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अध्यादेश फिर्ता लिने निर्णय गरेको जानकारी दिए । “अहिलेलाई फिर्ता लिएको छ । यससम्बन्धी थप छलफल केही पनि भएन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro