दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन्। बैदिक कालका “आमा” हरूको सर्न्दर्भमा विस्तृत प्रकाश पार्न छुट्टै लेखको आवश्यकता पर्दछ। तर यो लेखमा “आमा” को गरिमामय उच्च स्थानको सँकेत मात्र गर्न खोजिएको छ।
सर्वप्रथम “आमा” शव्दको छोटो परिचय दिनु असान्दर्भिक हुने छैन। “आमा” भन्ने वित्तिकै आमाको अर्थ नबुझ्ने नेपाली पाउन गाह्रो छ। तर पनि “आमा” लाई संस्कृत भाषामा “माता” भने जस्तै हाम्रा नेपाली विभिन्न भाषाभाषीले फरक फरक नामबाट पहिचान पनि गर्दछन्। तथापी “आमा” भनेपछि हामी नेपालीको साझा सँम्पर्क भाषा नै नेपाली भएकोले “आमा” शब्द नबुझ्ने नेपाली छैनन् भन्न सकिन्छ।
आमाको सर्न्दर्भमा भन्नुपर्दा “माता” भनेर संस्कृत भाषामा “म” बाट सुरु भए जस्तै अंग्रेजीमा पनि मदर भनेर “म” बाटै सुरु हुन्छ। त्यस्तै “मम्मी” भनेर पनि “म” बाटै हुन्छ। अन्य धेरै भाषामा “म” कै अक्षरबाट जस्तै हिन्दीमा “मा“” नै भन्ने प्रशस्त चलन चल्ती छ। यसरी “आमा” भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ। गरिमा भनेको गौरव तथा महत्त्व हो।
आमा हुनुपूर्व छोरीको रूपमा जन्म लिन्छिन्। छोरीको रूपमा रहँदा बस्दा “आमा” कै काखमा बसेर बुवासँगको लाड प्यारमा असीमित माया ममताभित्र आदर सम्मान प्रदान गर्दै दाजुभाइको समेत स्नेह र प्रेमको वातावरणमा रहेर बावु आमाको साथमा हुर्कर्दै र मौलाउँदै व्यवहारिक शिक्षा ग्रहण गर्दछिन्। यो अवस्था भनेको १४/१५ वर्षसम्मको उमेर हुन्छ। यो अवधिमा २ अवस्था पार गर्दा छोरी र दिदी/बहिनी को कार्यभार एवं कर्तव्यलाई निभाएकी हुन्छिन्। “घर नै पाठ्यशाला हो” भन्ने भनाई साकार पार्दै आफ्नो घरमा पनि अनुशासन एवं कर्तव्य पालनाको पाठ सिकेकी हुन्छिन्। साथै स्कुल तथा क्याम्पसको पर्ढाईमा पनि अहिलेका छोरीहरू व्यस्त रहेका हुन्छन्। अनि क्याम्पसमा पनि छात्र, छात्रा प्रतिस्पर्धामा परेका हुन्छन्।
आफ्नो २०/२२ वर्षे नौ जवानीको यात्रा शुरु हुँदा वैवाहिक सम्बन्धको चर्चा परिचर्चाले सताउन थाल्दछ। यो उमेर अति नै चञ्चल एवं तनावग्रस्त पनि हुन्छन्। छोरीको यो उमेरमा बावु आमा पनि त्यतिनै चिन्तित हुन पुग्दछन्। हाम्रो समाजले प्रेम विवाहलाई अझै मान्यता प्रदान गरेको छैन। तर पश्चिमी समाजमा भने त्यहाँको विकसित सभ्यताले भनौं अथवा ऐन कानुनले पनि युवा युवतीको उमेर पुगेपछि बावु आमा संग पनि संगै नबस्ने छुट प्रदान गरि सकेका हुनाले प्रेम विवाहलाई नै स्वीकारेका छन्। तथापी ती मुलुकमा पनि युवा युवतीमा पूर्ण सन्तोष भने देखिएको छैन। किनभने प्रेम विवाहमा पनि पटक-पटक छोडपत्र द्वारा संबन्धहरु फेरबदर भै रहेको छ। यस्तो पारिवारिक जीवन पूर्ण सन्तोषमा हुन्छ भन्न सकिँदैन। तर पनि यो अन्य देशको कुरा आफ्नै ठाउँमा। हाम्रो देशमा भर्खर भर्खर शहरिया जीवनमा प्रवेश गरेर केही शिक्षा हाँसिल गरेका युवा युवतीमा प्रेम विवाहको शुरुवात भएपनि नेपाली समाजले पूर्ण रूपमा स्वीकार गरि सकेको छ भन्न सकिंदैन। तर यो लेखको विषय यो हैन। तथापी सर्न्दर्भले गर्दा यो कुरा उठेको मात्र हो।
यसको सर्न्दर्भ नै “आमा” हो र आमाको विषयमा लेख्नु पनि सजिलो छैन। “आमा” शव्दले संसार भरिकै आमाको कुरा आउँछ र आमाको गरिमामा यो संसार ज्यादै विशाल एवं विस्तृत छ। आमाको कार्यक्षेत्र जति विशाल र विस्तृत छ त्यति नै महत्वपूर्ण र त्यति नै उच्च छ।
वास्तविकता भन्ने हो भने आमा सगरमाथा भन्दा अग्लि छन्। पृथ्वी भन्दा महान र विशाल छन्। समुन्द्र भन्दा गहिरी छन्। आमा इश्वरकी पनि आमा हुन्। आमा मायाको पोको हुन्। हृदयकी खानी हुन्। धैर्यताकी प्रतिमूर्ति हुन्। सहनशीलताकी पनि खानी हुन्। आमाको महिमा जति गाए पनि पुग्दैन किनभने आमाको उपमा नै छैन। त्यसैले फ्रान्सका राष्ट्रपति बोनापार्टले भनेका थिए- “मलाई असल आमा देउ, असल आमाबाटै असल नागरिक हुन्छन्”। आमाको महिमा हरेक राष्ट्र र देशको अभिमतमा पनि महत्वपूर्ण भनाईहरू पाइन्छन्। तर आमा पनि आमा हुनुपर्छ र असल आमाबाट आमाका कर्तव्य तथा दायित्व पूरा हुन्छन्। अनि उनी सम्माननीय पुज्य एवं गौरवपूर्ण उच्च स्थानमा रहन्छिन्।
“आमा” को क्षेत्राधिकार विशाल एवं विराट छ, तर त्यसमध्ये बच्चा गर्भमा बसेदेखि बच्चाको करिब ९ महिनासम्मको जीवनको प्रतिरक्षात्मक क्रियाकलापदेखि उक्त अवधिमा बच्चामा पर्ने प्रभाव तथा प्रावधानको जिम्मा आमामा नै निहित रहन्छ जो अति नै महत्वपूर्ण र संवेदनशील हुन्छ। किनभने हाम्रा धर्मशास्त्रनुसार भन्ने हो भने बच्चाले आमाको गर्भमा छँदा पनि शिक्षा ग्रहण गर्दछन्। उदाहरणका लागि महाभारतमा अर्जुनको छोरा अभिमन्युले आमाको गर्भमा छँदा शिक्षा ग्रहण गरेका थिए। हाम्रा आध्यात्मिक ऋषिहरू मध्येका महान ऋषि अष्टावक्रले पनि आमाको गर्भमा छँदा शिक्षा ग्रहण गर्नु भएको हो भन्ने ग्रन्थहरूमा उल्लेख छ। त्यस्तै वामदेव ऋषिले पनि आमाको गर्भमा नै रहँदा सबै देवहरूको सबै जन्मको क्रम जानेका थिए भनिएको छ। आमाले बच्चा गर्भमा भएको बेला असल आचरण गर्ने र धर्म ग्रन्धहरू पढ्ने र सुन्ने गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सांस्कृतिक परम्परा छ तथापी बच्चा पेटमा छँदाका दुःख दर्दको पीडा भने आमालाई मात्र हुन्छ। त्यो मर्म बेदना हामी पुरुष जातिलाई अवश्य हुंदैन भन्ने मेरो धारणा छ।
यसै सिलसिलामा “आमा” को गौरवपूर्ण सम्मान एवं महत्वलाई दिगो राख्नका लागि हाम्रो देशमा छोरा छोरीले “आमाको मुख हेर्ने” भनी बैशाखको औंशीमा आमालाई फलफूल एवं मिर्ठाई र उपहार समेत प्रदान गरेर आदरपूर्वक सम्मान र माया प्रेमले आलि•न गरी मुख हेर्ने र स्र्वर्गवास भै सकेकी आमालाई सिधा दान गरी सम्झना गरेर आदरभाव प्रकट गर्ने परम्परा चलि आएको छ। त्यस्तै विश्वका हरेक राष्ट्रमा आ-आफ्नै तरिकाबाट “आमा” प्रतिको गरिमालाई महत्व प्रदान गरिएको छ। अमेरिकामा पनि “मदर्स डे” भनेर ज्यादै महत्वपूर्ण तरिकाले ठूला-ठूला साहु महाजनहरूले त्यस दिन आफ्नो व्यापारका सामानहरूमा आधामोल घटाएर बिक्री गरी र मिर्ठाई बा“डेर मान्ने चलन पनि छ। यै दिनलाई “अन्तर्राष्ट्रिय मातृ दिवस” का रूपमा मनाउन अमेरिकाकै सुश्री अन्ना मेरीले कडा परिश्रम गरेर “मेको दोश्रो आइतबारका दिन” आमाहरूको सम्झनामा “मदर्स डे” मनाउने परम्परा विश्वमा नै चलाएर र सुश्री अन्ना अमर बनेकी छन्।
अतः “आमा” को गरिमामय सर्न्दर्भमा प्रकाश पार्दा हाम्रा धर्म ग्रन्थहरूको चर्चालाई केही उठान नगर्दा पनि अधुरो हुने कुरा स्वतः सिद्ध छ। किनभने हाम्रो आध्यात्मिक ग्रन्थ जस्तै रामायणमा पनि रामचन्द्र भगवानले भाई लक्ष्मणसँग भन्नु हुन्छ “अपि स्वर्णयी लंका न मे लक्ष्मण रोचते। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।।” अर्थात् हे ∕ लक्ष्मण सुनैसुनले भरिएको भएपनि मलाई लड्ढा राज्य चाहिंदैन। जन्म दिने आमा र मातृभूमि स्र्वर्गभन्दा पनि ठूला छन्। भनेर “आमा” लाई ज्यादै नै महत्व प्रदान गरिएको छ। साथै जन्मभूमिको पनि कदर गरिएको छ। आफू जन्मेको भूमि मानै “आमा” को खानपिन हुन्छ, जहाँ आफ्नो वाल्यकाल वितेको हुन्छ। यस्ता ग्रन्थहरू खोतल्ने हो भने हाम्रा हिन्दू ग्रन्थहरू धेरै भेटिन्छन्।
सबै धर्मले आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानेका छन्। आमाको पैतालामुनि स्वर्ग हुन्छ भन्ने विश्वास गरिने इस्लाम धर्ममा आमाबाबुका सामु उँचो स्वर गर्न पाइन्न। आमाबुबालाई भगवान र पहिलो गुरु मान्ने बुद्ध धर्ममा उनीहरूको पूजा–सेवा गर्ने सन्तान कहिल्यै निन्दित नहुने विश्वास गरिन्छ। यसैगरी, हिन्दू धर्म भन्छ― 'आमा जस्तो अरू कुनै तीर्थ छैन, उनको पूजा गर्नेको इहलोक र परलोक सुध्रन्छ।'
बच्चा जन्माउनेदेखि हुर्काउने–बढाउनेमा मुख्य भूमिका आमाकै हुने भएकाले सन्तानको आत्मीयता बाबुसँग भन्दा बढी आमासँगै हुन्छ। सन्तानप्रति आमाको आत्मिक सम्बन्ध गर्भकालदेखि नै विकास भएको हुन्छ। आमाको यही लगाव सन्तानको शिक्षा र संस्कारको पनि जग बन्छ। कतै ठेस लाग्दा मुखबाट अनायासमा 'आमा' नै आउँछ। आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन्; आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन्; आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन्; र मानव संसारको जीवनचक्र चलाउँछिन्। यही कारण आमालाई जगत जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ। त्यसैले “महान सन्त होस् या खुँखार बदमाश, सन्तान आमाको सामु नतमस्तक हुन्छ।
आमा, तपाईं कती महान। सँसारभर रहनु भएका हरेक आमाहरुलाई मिठो सम्झना! तपाईं जिबित भगवान हो ।
(लेखक खनिया सामाजिक अभियान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन् ।)