site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रेस युनियन काठमाडौंद्वारा प्रेस ज्याकेट र मास्क सहयोग
SkywellSkywell

काठमाडौं ।  नेपाल प्रेस युनियन काठमाडौं शाखाले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार र क्यामेराम्यानहरुका लागि मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको छ । शनिबार सञ्चारगृहमै पुगेर शाखाका अध्यक्ष जगन्नाथ दुलालले सो सामग्री हस्तान्तरण गरेका हुन् ।

विशेष गरी रिपोर्टिङमा जाँदा टेलिभिजनका क्यामेरापर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको भन्दै शाखाले विशेष प्रकारको मास्क उपलब्ध गराएको हो ।

Dabur Nepal
NIC Asia

एपीवान टेलिभिजन, प्राइम टिभी, एभिन्युज टेलिभिजन, योहो टिभी, सरोकार टेलिभिजनमा मास्क उपलब्ध गराइएको हो । त्यस्तै, विभिन्न दैनिक पत्रिकामा कार्यरत फोटोग्राफरका लागि पनि प्रेस युनियनले मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको अध्यक्ष दुलालले जानकारी दिए ।

नेपाली जनसम्पर्क समिति जर्मनीलेको सो सहयोग  कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् प्रेस युनियन काठमाडौं शाखालाई उपलब्ध गराएको हो ।

“यो प्रतिकुल अवस्थामा सहयोग गर्ने जनसम्पर्क समिति जर्मनी र माननीय प्रकाशमान सिंहप्रति यो सहयोगका लागि काठमाडौं प्रेस युनियन आभार व्यक्त गर्दछ,’ अध्यक्ष दुलालले भने, “जे सकिन्छ हामीले हाम्रोतर्फबाट सञ्चारकर्मीहरुका लागि सहयोग गर्ने प्रयास गरेका छौं । पर्याप्त नभए पनि यसले धेरथोर सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

प्रेस युनियन काठमाडौं शाखाका निवर्तमान अध्यक्ष नकुल अर्यालले विगतमा भूकम्पको समयमा पनि सञ्चारकर्मीलाई प्रेस युनियन काठमाडौं शाखाले पावरब्यांक, पेनड्राइभ र रिचार्ज कार्ड उपलब्ध गराएको स्मरण गर्दै पत्रकारको समस्यामा सहयोग गर्नु नै प्रेस सम्बद्ध संस्थाको दायित्व भएको बताए । 

अहिलेको संकटपूर्ण अवस्थामा पनि कार्यालयमै आएर सहयोगप्रति एपीवान टिभीका सम्पादक टीकाराम यात्री, प्राइम टिभीका ऋषि धमला र योहो टिभीका अध्यक्ष आङकाजी शेर्पाले आभार व्यक्त गरेका थिए । युनियनले यसअघि पनि एक सय थान प्रेस ज्याकेट र ३८ जना सञ्चारकर्मीलाई खाद्यान्न सहयोग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu