site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा सामग्री खरिद् सम्झौता थाहै थिएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सामग्री खरिद प्रकरण र सम्झौताबारे आफू अनभिज्ञ रहेको बताएका छन् ।

स्वास्थ्य सेवा विभागले ५ दिनअघि ओम्नी समूहसँग सम्झौता रद्द गरेको थियो । ओम्नी समूहले सम्झौता मुताविक सामग्री नल्याएकाले रद्द गर्नुपरेको विभागले बताएको थियो । नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले खरिद सम्झौताबारे आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

“बैठकमा प्रधानमन्त्रीले डेढ घण्टा ब्रिफिङ गर्नुभएको थियो । सदस्यहरूले प्रश्न उठाउनु पहिले नै मेडिकल सामग्री खरिदको आदेश र रद्द दुवैबारे आफू अनभिज्ञ रहेको बताउनुभयो,” एक सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने, “त्यसमा आवश्यकता परे छानविन गर्ने र आफू पनि बुझ्ने प्रयासमा रहेको प्रधानमन्त्रीले बताउनु भएको छ ।”

चिकित्सा सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन लागिएको बारे पनि सदस्यहरूले कुरा राखेका थिए । ९ जनामध्ये अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग जवाफ माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले नागरिक सरकारलाई कमजोर पार्ने गरी कुनै निर्णय नगरिएको बताएका थिए ।

“सेनालाई खरिदको जिम्मा दिने निर्णय भ्रम पार्ने गरी गर्न भएन भन्ने अधिकांश सदस्यको मत थियो,” ती सदस्यको दाबी छ, “यो निर्णय स्पष्ट पार्न धेरैले माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले ओलीले कूटनीतिक संयन्त्र प्रयोग गरेर परराष्ट्र मन्त्रालयबाटै मेडिकल सामग्री खरीद गर्न लागेको बताउनुभएको थियो ।”

पार्टी अध्यक्ष प्रचण्डले सिङ्गो देश एकताबद्ध भएका बेला पार्टीभित्र अन्तरविरोध बढ्न नहुने बताएको ती सदस्यले भने । माधव नेपालले छलफल नगर्ने र एक्लै अघि बढ्नु नै समस्याको जड भएको बताएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro