site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । आफूसँग क्यानडाको पीआर भएको बताउँदै युवतीसँग बिहे गर्ने र पैसा ठगेर फरार हुने भरतपुर नगरपालिका–७ का सवारीचालक महेश पराजुली प्रहरीको फन्दामा परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । 
पराजुलीको घरमा श्रीमती २ छोरी अनि एक छोरा छन् । उनका बाबुआमा पनि छन् । तर, पराजुलीले आफू अनाथ भएको बताउँदै युवतीहरूलाई ठग्ने गरेका थिए । 
गत वैशाखमा उनले पोखराकी ३० वर्षीया एक युवतीसँग बिहे गरे । ती युवतीलाई आफू क्यानडाको पीआरधारी भएको ६ वर्षपछि नेपाल आएको र अब उतै फर्किने भन्दै पराजुलीले जालमा पारेको प्रहरीले जनाएको छ । 
बिहे गरेर क्यानडा नै लैजाने भन्दै उनले ती युवतीसँग बिहे गरे । केही दिन सँगै बसेपछि क्यानडा लैजानका लागि कागज बनाउन भन्दै ५ लाख रुपैयाँ लिए अनि फरार भए । 
पोखराकी युवतीलाई फसाएको ३ महिनापछि नै पराजुलीले झापामा पनि यस्तै प्रपञ्च रचे । बिहे गरेर क्यानडा लैजाने भन्दै उनले केटीका परिवारलाई आश्वस्त पारेर अर्को बिहे गरेका थिए । ६ महिनाको हुँदा आमा बितेको र आमाकै पिरले बाबु बिरक्तिएर बेपत्ता भएको भन्दै उनले केटीका आफन्तलाई प्रभावमा पारेका थिए । 
परिवारकै सहमतिमा ती युवतीले पराजुलीसँग गत असार अन्तिममा बिहे गरिन् । बिहेको भोलिपल्ट नै उनलाई केटाको हाउभाउ ठीक लागेन । अनि सिधै काठमाडौं आएर प्रहरीमा उजुरी हालिन् । 
प्रहरीले पराजुलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनको घरमा श्रीमती, छोराछोरी र बाबुआमा भएको पत्ता लागेको छ । 
पराजुलीले अर्की एक युवतीलाई पनि आफू करोडपति भएको भन्दै २० लाख रुपैयाँ ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूसँग क्यानडाको पीआर भएको र काठमाडौंको धेरै ठाउँमा जग्गा भएकाले आफ्नो नाममा धेरै जग्गा राख्दा समस्या हुने भन्दै उनले युवतीलाई उनको नाममा भएको जग्गा बन्दकी राखेर २० लाख निकाल्न लगाएका थिए । रकम हात पारेर उनी गायब भए । प्रहरीका अनुसार उनले नक्कली पुर्जा र नक्कली बैना गरेको कागज देखाएर ती युवतीलाई ठगेका रहेछन् । 
पीडित युवतीले बाह्रखरीसँग भनिन्, “बूढानीलकण्ठमा ८० लाखको जग्गा किन्दैछु । ६० लाख बुझाइसकें, २० लाख पुगेन । फेरि आफ्नो नाममा धेरै जग्गा राख्दा समस्या हुने भन्दै त्यो जग्गा मेरो नाममा पास गर्ने आश्वासन दियो ।” २० लाख रकम बुझेपछि पराजुली ‘झापामा भएको जग्गा मिलाउनु छ’ भन्दै झापा गएका थिए । “फेसबुकबाट चिनजान भयो । अनाथ हुँ, क्यानडाको पीआर छ भन्यो, विश्वास लाग्यो । होला त नि भनेर जग्गा बन्दकी राखेर २० लाख दिएँ । फटाहा रहेछ, अब कसरी फिर्ता गर्ने मेरो बन्दकी राखेको जग्गा ?” पीडित युवती भन्छिन् । 
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पराजुली धेरै पढेलेखेका पनि हैनन् । उनले १० कक्षामात्र पास गरेका छन् । उनी काठमाडौं–झापा चल्ने रात्रि बस चलाउँछन् । तर, उनले ठगेका युवतीहरू भने राम्रै पढेलेखेका छन् । प्रहरी भन्छ, “उनले आफू अनाथ भएको र क्यानडा ६ वर्ष बसेर नेपाल फर्किएको भन्दै युवतीलाई प्रभावमा पार्ने गरेका थिए ।” 
पराजुलीबाट ठगिएकी अर्की युवती भन्छिन्, “मलाईमात्र हैन, मेरा आफन्तलाई पनि विश्वासमा लियो । बिहेको भोलिपल्ट नै मलाई शंका लागिहाल्यो । अनि प्रहरीको सहयोग मागेँ । बिहे गरेको मान्छे त अपराधी पो रहेछ ।”
तीन जना युवतीलाई ठगेपछि पराजुली प्रहरीको फन्दामा परे । उनले दुई जनालाई बिहे गरेर क्यानडा लैजाने र एक जनालाई जग्गा तिम्रो नाममा पास गरिदिन्छु भनेर ठगेका थिए । उनले अझै धेरैलाई ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 
राम्री केटी देख्नासाथ फेसबुकमा साथी बन्ने र सम्बन्ध अघि बढाउने पराजुलीको बानी थियो । अनि, नभएका अनेक कुरा गरेर आफ्नो मायाजालमा पार्थे । आफू अनाथ भएको पुष्टि गर्न उनले आमाबाबुको श्राद्धसमेत गरेको पीडितहरू बताउँछन् । 
पराजुलीविरुद्ध प्रहरीले ३ वटा मुद्दा दर्ता गरेको छ । अब उनले मानव बेचबिखन, जबर्जस्ती करणी र ठगीको मुद्दा खेप्नुपर्नेछ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro