site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोरोनासँग लड्न आर्थिक सहायताबारे सरकार र विश्व बैंकबीच हस्ताक्षर
SkywellSkywell

काठमाडौं । कोरोना भाइरससँग लड्न विश्व बैंकले नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ ।

विश्व बैंकले नेपाललाई २ करोड २९ लाख करोड डलर अर्थात करिब ३ अर्ब ४८ करोड सहयोग गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी सम्झौतापत्रमा आज नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ–सचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हाजाडले हस्ताक्षर गरेका छन् । 

Dabur Nepal
NIC Asia

कोभिड १९ को महामारीका कारण तत्काल स्वास्थ्य समस्या भएका मुलुकहरूलाई सहयोग गर्ने उद्देश्यले विश्व बैंकले मार्च १७ मा पारित गरेको फास्ट–ट्रयाक फेसिलिटी (एफटीएफ) उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार नेपाललाई करिब ३ अर्ब ४८ करोड बराबर रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।   

कोरोनासँग लड्न विश्व बैंकले नेपालसहित आफ्ना सदस्य मुलुकलाई आर्थिक सहयोग दिने घोषणा यसअघि नै गरे पनि नेपाल सरकारसँग सम्झौता नहुँदा दक्षिण एसियाका नेपाल र भुटानबाहेक अरु देशलाई आर्थिक सहायता उपलब्ध गराइसकेको छ ।

विश्व बैंकले गरेको घोषणाअनुसार पहिलो चरणमा अप्रिल २ मा २५ मुलुकलाई १९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ । त्यसैगरी विश्व बैंकले विश्वभर १७ अर्ब अमेरिकी डलर बराबरको महामारीलगायत विपतका विषयमा सहायता उपलब्ध गराउने विषयमा काम भइरहेको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu