site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
कोरोनासँग लड्न विश्व बैंकले नेपाललाई २ करोड २९ लाख डलर दिने
SkywellSkywell

काठमाडौं । कोरोना भाइरससँग लड्न विश्व बैंकले नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई २ करोड २९ लाख करोड डलर सहयोग गर्न लागेको हो । कोभिड १९ को महामारीका कारण तत्काल स्वास्थ्य समस्या भएका मुलुकलाई सहयोग गर्ने उद्देश्यले विश्व बैंकले मार्च १७ मा पारित गरेको फास्ट–ट्र्याक फेसिलिटी (एफटिएफ) उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही घोषणा अनुसार नेपाललाई करिब ३ अर्ब ४८ करोड बराबर रुपैयाँ आर्थिक सहयोग गर्न लागेको हो । आर्थिक सहयोग गर्ने विषयमा सम्भवतः मंगलबार अर्थ मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर हुने विश्व बैंक नेपालका अधिकारीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

कोरोनासँग लड्न विश्व बैंकले नेपालसहित आफ्ना सदस्यमुलुकलाई आर्थिक सहयोग दिने घोषणा यसअघि नै गरे पनि नेपाल सरकारसँग सम्झौता नहँुदा दक्षिणा एसियाका नेपाल र भुटानबाहेक अरु देशलाई आर्थिक सहायता उपलब्ध गराइसकेको छ ।

विश्व बैंकले गरेको घोषणाअनुसार पहिलो चरणमा अप्रिल २ मा २५ वटा मुलुकलाई १९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ । त्यसैगरी विश्व बैंकले विश्वभर १७ अर्ब अमेरिकी डलर बराबरको महामारीलगायतका विपदका विषयमा सहायता उपलब्ध गराउने विषयमा काम भइरहेको जनाएको छ । 

विश्व बैंकको सहयोग पहिलो चरणमा प्राप्त नभए पनि दोस्रो चरणमा प्राप्त हुने ती अधिकारीले बताए । 

विश्व बैंकको पहिलो चरणमा सहायता पाउनेमा दक्षिण एसिया मुलुकहरूमा अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन् । 

यस सहायता योजनाअन्तर्गत अफ्रिकाका १० मुलुक, पूर्वी एसिया र प्यासेफिकका कम्बोडिया र मंगोलिया, युरोप र सेन्ट्रल एसियाका किर्गिस्तान र ताजकिस्तान, ल्याटिन अमेरिका र क्यारेबियनका अजेन्र्टिना, इक्वेडर, हाइटी र पाराग्वे, मध्यपूर्व र उत्तर अफ्रिकाका जिबउटी र यमन परेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu