site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाचार डिलिट गर्ने एफवान सफ्टसँग वित्तीय क्षेत्र कति सुरक्षित ?

काठमाडौं । एफवान सफ्टको सहायक संस्थाको रुपमा रहेकोे सिरान टक्नोलोजीले आफ्नो पहुँचको दुरुपयोग गरेपछि यतिबेला नेपालको  वित्तीय क्षेत्र कति सुरक्षित छ भने प्रश्न उठेको छ । 

काठमाडौं प्रेस डटकमले प्रकाशित गरेको समाचार उक्त अनलाइन मिडियाको डेभलपर्स सिरान टेक्नोलोजीले मिडिया हाउसको अनुमतिबिना अनधिकृत रुपमा प्रवेश गरेर हटाएपछि एफवान सफ्टको पहुँचमा रहेका वित्तीय क्षेत्र पनि कति सुरक्षित होलान् भन्ने प्रश्न उठेको छ ।

नेपालमा सञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थाको सर्भर सिरान टेक्नोलोजीको मुख्य कम्पनी एफवान सफ्टको पहुँचमा छ भने करोडौं नेपाली नागरिकको डाटावेस समेत एफवान् सफ्टसँग रहेको छ । 

अधिकांस वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मोबाइल एप एफवान् सफ्टले नै बनाएको छ भने उक्त एप्स प्रयोगमा ल्याउँदा एफवान सफ्टकै फोनपे सेवा प्रयोग हुन्छ । 

यसरी डिजिटल कारोबार गर्दा एफवान सफ्टको सिस्टम प्रयोग हुने बैंकर बताउँछन् । 

नेपालमा सञ्चालनमा रहेका सबैजसो बैंक तथा वित्तीय संस्थाको सर्भरमा एफवान सफ्टको सीधा पहुँच रहेको एक बैंकरले बताए ।

वित्तीय क्षेत्र कुनै पनि रुपमा आफैँमा आत्मनिर्भर नहुने उनको भनाइ थियो ।

“कुनै न कुनै रुपमा अन्य एजेन्सीको प्रयोग गर्नुपर्छ, सोहिअनुसारको सम्झौता पनि भएको हुन्छ,” उनले भने, “हामीले पनि एफवान सफ्टसँग सम्झौता गरेर नै डाटावेस सेयर गरेका छौं, तर यो केसले केही आशंका भने पैदा भएको छ ।” 

यसमा व्यक्तिको स्वार्थ छ वा संस्थाको भन्ने महत्वपूर्ण हुने उनको भनाइ छ ।

“संस्थामा सबै व्यक्ति गैरजिम्मेवार हुँदैनन् । यदि कसैले गलत नियत राखेर अपराध गर्छ भने त्यस्तो व्यक्तिलाई उक्त संस्थाले पनि तुरन्त कारबाही गर्नुपर्छ,तर त्यस्तो गरेको पाइएन,” उनले भने ।

प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीको निर्देशनमा काठमाडौं प्रेसको समाचार हटाइएको भन्दै उनलाई कारवाहीको माग उठिरहेको छ । तर पनि प्रधानमन्त्री भने अहिलेसम्म यो विषयमा मौन छन् ।

अहिले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ता र फोनपेमार्फत रकम ट्रान्सफर गर्नेको डाटावेस समेत एफवान सफ्टसँग छ । 

यस्तै बैंकहरुको सर्भरसम्म पहुँच रहेकाले बैंक तथा वित्तीय संस्थामा आवद्ध ३ करोड ११ लाख भन्दा बढी खाता होल्डरको डाटावेस पनि एफवान सफ्टसँग भएको अनुमान ती बैंकरको छ ।

पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री बाहिर आएको कुरा सबै साँचो हो भने सेवा प्रदायकको नियत गलत देखिएको बताउँछन् । “मुड चल्यो भने म जे पनि गर्न सक्छु भन्ने मानसिकता उसमा देखियो,” उनले भने, “अहिले आएका सबै सूचनाहरु साँचो हुन् र उसले जिम्मा पनि लियो भने उसमा भर पर्ने परिस्थिति कमजोर देखियो ।” 

उसले विज्ञप्ति निकाल्नु भनेको तनै गल्ती स्वीकार गर्नु भएको क्षेत्रीको टिप्पणी छ । माफी मागिसक्यो भन्ने कुरा आएपछि उसले गल्ती गरेको कुरामा विमति देखिएन । 

उनले थपे “कुनै दिन उसलाई विल गेट्स भन्दा धनी हुने मुड सवार भयो, त्यो अवस्थामा चाबी आाफ्नो हातमा छ, सबै खाताको पैसा आफ्नो खातामा लगेर राख्यो भने पैसा कहाँ र कोसँग खोज्न जाने,” उनको प्रश्न छ, “माफी माग्दैमा छुटकारा दिन हुँदैन । यसले अस्थितरता सिर्जना गर्यो भनेर बुझ्नुपर्ने हुन्छ । कुनै जिम्मेवार व्यक्तिको सनकको भरमा सबै कुरा चल्ने हो भने अनिश्चित भयो । नैतिकता गएर कानुनको दायरा नाघेपछि सबैकुरा सकियो नि !” 

यता, राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट राष्ट्र बैंकसँग डाटावेस रहेको बताउँछन् । 

उनले राष्ट्र बैंकसँग भएको डाटावेसबाट नै ३ करोड ११ लाख खाताबाट ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको विवरण सार्वजनिक गरेको उनले बताए । 

उनले राष्ट्र बैंकले पेमेन्ट सिस्टम सुधार गर्ने क्रममा पनि रहेको बताए ।  राष्ट्र बैंकले यसमा ध्यान दिएरै पेमेन्ट सिस्टम डिमार्टमेन्ट नै गठन गरेको उनले बताए । उक्त विभागले विभिन्न नीति निर्देशन तयार पार्नुको साथै आवश्यकताअनुसार परिमार्जन पनि गर्दै गएको उनले दाबी गरे ।

उनले भने “बैंकहरुलाई आइटी अडिट गर्नुपर्छ भनेर निर्देशन दिएका छौँ, ग्राहकको गोपनीयताको लागि सबैभन्दा बढी जिम्मेवार बैंकहरु आफैँ पनि छन् ।” 

ग्राहकको गोपनीयता भंग नहुने र सिस्टममा कुनै पनि कम्प्रमाइज नगरी काम भइरहेको उनले दाबी गरे ।  पछिल्लो समय बैंकमा समस्या आएपछि बैंकहरु अलि बढी संवेदनशील भएको उनले बताए । 

नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी द्वार–स्वीचको विकासमार्फत विद्युतीय भुक्तानी कारोबारको अन्तरआवद्धता सुनिश्चित गरी भुक्तानी कारोबारको राफसाफ स्वदेशमै हुने व्यवस्था गर्ने चालु मौद्रिक नीतिमा उल्लेख गरेको थियो । 

तर हालसम्म पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट पूर्वाधार बनाउन समय लाग्ने बताउँछन् । 

एफवान सफ्ट र प्रधानमन्त्रीको आइटी विज्ञ कनेक्सन 

हाल प्रधानमन्त्री केपी शर्मा ओलीको आइटी सल्ल्लाहकारको रुपमा रहेका अस्गर अली एफ्वान सफट्का लगानीकर्ता हुन् । एफवान सफ्टले नै इसेवा नामको भुक्तानी प्रदायक सेवा सञ्चालन गर्दै आएको छ ।
उक्त भुक्तानी प्रदायकको माध्यमबाट एक बैंकबाट अर्को बैंक खातामा रकम ट्रान्सर्फर समेत हुन्छ । 

यता, एफवान सफ्टकै अर्को सहायक कम्पनी इसेवाले भने काठमाडौंप्रेस पोर्टलसँग इसेवाको कुनै सम्बन्ध नरहेको बताएको छ । 

शुक्रबार इसेवाले विज्ञप्ति जारी गर्दै भनेको छ, “समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र ई–सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रूपमा ई–सेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro