site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
भारतबाट आएका २८ जनालाई क्‍वारेन्टाइनमा राखियो
Sarbottam CementSarbottam Cement

दाङ । रुकुम पूर्वमा भारतबाट आएका २८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । भारतमा कोभिड १९ को संक्रमण रहेको र त्यहाँबाट आएका उनीहरुमा पनि संक्रमण हुन सक्ने भन्दै सम्भावित जोखिम न्यूनीकरण गर्न उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएको हो ।

उनीहरुर रुकुमको सिस्ने गाउँपालिकाका हुन् । गाउँपालिकाले २८ जनालाई क्‍वारेन्टाइनमा राखेसँगै क्‍वारेन्टाइनमा बस्नेको संख्या ३२ रहेको छ । यसअघि जापानवाट आएका एक जना र भारतवाट आएका ४ जानलाई क्‍वारेन्टाइनमा राखिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुलाई सिस्ने गाउँपालिका वडा ५ मा रहेको रुक्मिणी माविमा स्थापना गरिएको क्‍वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी (प्रहरी निरीक्षक) दिनेश गुरुङले जानकारी दिए ।

साथै जिल्ला अस्पताल रुकुम पूर्व मा ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ३२ जनालाई जिल्ला अस्पतालको प्रत्यक्ष निगरानीमा क्‍वारेन्टाइनमा राखिएको छ । भने अन्य १६ जनालाई भने होम क्‍वारेन्टाइनमा बस्‍ने व्यवस्था मिलाइएको छ ।

Global Ime bank

जिल्लामा क्‍वारेन्टाइनमा राखिएका व्यक्तिहरुबाट कोही संक्रमित देखिए उपचारका लागि औषधि र बिरामी जाँचमा प्रयोग गरिने आवश्यक सामग्री प्रदेश सरकारसँग समन्वय गरी उपलब्ध गराउन लागिएको जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र वलीले बताए ।

भारतमा कोरोनाको संक्रमण फैलिएपछि त्रासका कारण मजदुरीका लागि भारत गएकाहरु नेपाल फर्किरहेका छन् । जिल्ला अस्पतालमा भने आवश्यक सामग्री नहुँदा उनीहरुको प्रभावकारी स्वास्थ्य परीक्षणमा समेत समस्या आउन थालेको छ । जनशक्ति अभाव र आवश्यक सामग्री नहुँदा समस्या छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय