चितवन । सधैंजसो बिरामीको चाप हुने चितवनका अस्पतालहरूमा अस्पतालहरूमा बिरामी संख्या घट्दै गएका छन् । विश्वभर फैलिएको कोरोना संक्रमणको सचेतना र अत्यावश्यक अवस्थाबाहेक बिरामी र कुरुवालाई नआउन आग्रह गरेपछि दिनहुंँ रूपमा यसको संख्या घट्दै गएको हो ।
जिल्लाका दुई ठूला सरकारी अस्पताल ,भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई निजी मेडिकल कलेजमा समेत बिरामीको उपस्थिति कम छ । केन्द्रीय अस्पताल भरतपुर अस्पतालमा समेत हिजाआज बिरामीको संख्यामा कमी आएको छ । दैनिक २ हजारको हाराहारीमा बिरामी जांँच्ने उक्त अस्पतालमा यो संख्या घटेर ३ सयभन्दा कम भएको अस्पतालले जानकारी दिएको छ । “हिजो ४०० जति थिए, योभन्दा अघि १२ सय जति थिए आज बिरामी घटेर २ सय ८७ जना मात्रले जचाएका छन्,” अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने ।
बिरामी कुरुवा स्वास्थ्यकर्मी सबैको जोखिमलाई कम गर्न ज्वरोलगायत अन्य प्रकृतिका बिरामीका लागि अलग्गै काउन्टरको व्यवस्था गरिएको पौडेलले जानकारी दिए । मानिसमा आएको सचेतना, बाहिरबाट आउने बिरामीको यातायातको असुविधाका कारण पनि बिरामीको संख्या कम भएको हो ।
दैनिक ६ सयभन्दा बढी बिरामी आउने बिपी कोइराला क्यान्सर अस्पतालमा समेत बिरामीको संख्या ५० प्रतिशत घटेको छ । “यहांँ आउने बिरामी अधिकांश जिल्ला बाहिरका हुन्छन्,” अस्पतालका निर्देशक विजयचन्द्र आचार्यले भने, “आजको रेकर्डमा ३०० जना मात्र छन् ।” कम जोखिम भएका बिरामीलाई दुई सातापछि आउन आग्रह गरेसंँगै अस्पतालमा बिरामीको संख्या घट्दै गएको आचार्यले जानकारी दिए ।
अस्पतालले बिरामीको लागि चिकित्सिक बिशेषज्ञको सम्पर्क नम्बर दिएर सम्पकर्ग गरी आउन अनुरोध समेत गरेको छ । संक्रमणको जोखिम बढेपछि एउटा बिरामीको एकजना मात्रै कुरुवा रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।
बिरामीको चाप हुने अन्य दुईवटा मेडिकल कलेजमा पनि बिरामीको संख्या ह्वात्तै घटेको छ । बिरामी घटेपछि आकस्मिक सेवा, ज्वरो क्लिनिक र प्रयोगशालाबाहेक अन्य सेवा बन्द गर्न लागिएको बताउंँछन् चितवन मेडिकल कलेजका निर्देशक दयाराम भुसाल । उनका अनुसार भोलि मंगलबारबाट ओपडी सेवा बन्द गर्न लागिएको छ । संक्रमणको जोखिम कम गर्न र भीडभाडलाई व्यवस्थित गर्न अस्पतालको गेटबाट आवश्यक मान्छेलाई ज्वरो चेकजांँच गरेर मात्र अस्पतालभित्र प्रवेश दिएको भुसालले जानकारी दिए ।
यस्तै पुरानो मेडिकल कलेजमा पनि बिरामी संख्या ह्वात्तै घटेका छन् । आकस्मिक, दुर्घटना परेका बिरामीबाहेक अन्य विभागमा बिरामीको संख्या नगण्य रहेको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा लामिछाने बताउंँछन् । “अहिले अस्पतालमा बिरामी पनि छैनन, भीडभाड पनि छैन,” उनले भने । मानिसमा आएको चेतना र सामान्य बिरामीको चेकजांँच गर्न चिकित्सकसंँग टेलिफोन सम्पर्क गरी आउन मात्र आग्रह गरेकाले अस्पतालमा बिरामी संख्या घट्दै गएको हो । कोरोना विशेष अस्थायी अस्पताल, भरतपुरको कार्यदलले जिल्लाका रहेका बिरामी तथा सेवाग्राहीलाई चौबीसै घण्टा १० विशेषज्ञ चिकित्सको हटलाइन नम्बर उपलब्ध गर्दै परामर्शसमेत दिँदै आएको छ ।