site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अर्थतन्त्रमा कोरोनाको असर : अमेरिका २०२२ पछिमात्रै जाग्ने !
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । कोरोना भाइरसको प्रभावका कारण संसारका ठूला अर्थतन्त्र भएका देशको व्यापार व्यवसाय ठप्प बन्दा विश्वव्यापी आर्थिक मन्दी सुरु भएको अनुमान विज्ञले गर्न थालेका छन् ।

अर्थशास्त्रीहरुले विश्वकै आर्थिक वृद्धिदर सन् २०२० मा संकुचनमा जाने बताएका छन् । 

बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनीहरु गोल्डम्यान स्याक्स र मोर्गान स्टेनलीले विश्व अर्थतन्त्रमा कोरोना भाइरसको असर पहिले अनुमान गरिएभन्दा बढी हुने बताएको ब्लुमबर्गले लेखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चेतन अह्याले नेतृत्व गरेको मोर्गान स्टानलीको समूहले यो वर्ष विश्वको आर्थिक वृद्धिदर शुन्य दशमलव ९ प्रतिशत मात्र हुने बताएको ब्लुमबर्गले लेखेको छ । 

त्यसैगरी गोल्डम्यान स्याक्सका ज्यान ह्याटजिअसलाई उद्धृत गर्दै ब्लुमबर्गले विश्वव्यापी आर्थिक वृद्धिदर जम्मा १ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतमात्र हुने बताएको उल्लेख गरेको छ । 

Global Ime bank

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले यूरोप र अमेरिकामा तीव्र गतिले फैलिइरहेको छ । यो भाइरसको संक्रमणलाई रोक्न चालिएका कदमहरुले आर्थिक क्रियाकलापलाई असर पुगेको छ । 

अमेरिका २०२२ पछि मात्र जाग्ने !

आर्थिक मन्दीबाट अमेरिका सन २०२२ पछि मात्र स्वाभाविक वृद्धिको गतिमा फर्किने एक प्रख्यात विजनेश स्कुलको प्रक्षेपणले जनाएको छ । 

हालै मात्र युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस (युसिएलए) एण्डर्सन स्कुल अफ म्यानेजमेन्टले जारी गरेको अद्यावधिक प्रेस वक्तव्यले अमेरिकामा आर्थिक मन्दी सुरु भइसकेको उल्लेख गरेको छ । 

एण्डर्सन स्कुल अफ म्यानेजमेन्टले अमेरिकाको अर्थतन्त्र सन २०२०मा शुन्य दशमलव ४ प्रतिशतले संकुचित हुने उल्लेख गर्दै सन् २०२२मा मात्र स्वभाविक वृद्धिको गतिमा फर्किने जनाएको छ । 

एण्डर्सन स्कूल अफ म्यानेजमेन्टले आगामी समर सिजनसम्ममा यो विश्वव्यापी महामारीको अन्त्यभइ सामान्य गतिविधि सूचारु हुने अनुमान गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको अर्थतन्त्र मन्दीमा गइसकेको ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा स्वीकारेका थिए ।

अमेरिकामा राष्ट्रपति ट्रम्पले देशव्यापी इमर्जेन्सी घोषणा गरेर सर्वसाधारणलाई राहतको प्याकेज र फेडरल रिजर्भले ब्याजदरलाई जिरो प्रतिशतमा झारेको छ । 

ओहायो मायामी विश्वविद्यालयका सहायक प्राध्यापक कृष्ण रेग्मी भन्छन्, “अर्थतन्त्रलाई लकडाउनको प्रभावबाट निकाल्न यो पर्याप्त नहुन सक्छ ।”

के हो आर्थिक मन्दी ?

अहिले कोरोनाभाइरसले गर्दा विश्वब्यापी रुपमा व्यापार व्यवसायमा जे भइरहेको छ, त्यही नैं कारण हो आर्थिक मन्दीको । कोरोना भाइरसको संक्रमणलाई रोक्न अथवा न्यून गर्न मानिसहरुले आफूलाई घरभित्रै सीमित राख्नुपरेको छ । 

आर्थिक मन्दीमा कूल गार्हस्थ उत्पादन उल्लेखनीय रुपमा संकूचित हुन्छ । 

लगानीकर्ताहरुको लोकप्रिय वेबसाइट इन्भेष्टोपिडिया भन्छ, “जब अर्थतन्त्रले मन्दीलाई सामना गरिरहेको हुन्छ त्यसबेला ब्यापार र राजश्व घट्छ जसले ब्यापारलाई बिस्तार हुनबाट रोक्छ ।” 

अहिले व्यवसायिक गतिविधि ठप्पप्राय छन् । रेग्मी भन्छन्, “पर्यटन, एयरलाइन्सलगायतका उद्योगले रिकभर गर्न सक्छ कि सक्दैन भन्ने कुराले आर्थिक मन्दी हुन्छ कि हुँदैन भन्ने कुराको निर्धारण गर्छ । गैरआर्थिक कारणको प्रभावबाट आपूर्तीको चेन घटेको छ जुन छिट्टै मजवुद हुनेमा शंका छ ।”  

यसैगरी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष विजय घिमिरे यो आर्थिक मन्दीलाई स्वास्थको क्राइसिसले उब्जिएको समस्या भन्न रुचाउँछन् । थप्छन्, “स्वास्थको यो समस्यामा सुधार आउनासाथ बजारले आफ्नो गति लिन थाल्छ ।”

आर्थिक मन्दी र लगानी 

कतिपय मानिसले आर्थिक मन्दीलाई लगानीको एउटा अवसरको रुपमा पनि लिएका हुन्छन् । किनभने मन्दीको समयमा सेयरहरुको मूल्यमा भारी गिराबट आएको हुन्छ र रियल स्टेटको खरिदको लागि ऋणको ब्याजदर कम हुने गर्छ । सरकारले नयाँ व्यवसाय सुरु गर्न पनि सहूलियतको व्यवस्था गरेको हुन्छ । 

नेपाल सन्दर्भ

आयात र रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको भुपरिवेष्ठित नेपाललाई आर्थिक मन्दीले धेरैनै असर गर्ने अर्थशास्त्री रेग्मी बताउँछन् । 

भन्छन्, “आपूर्ति प्रणाली पनि कमजोर छ र निर्यात न्यून मात्रामा छ । अहिले खाडी मुलुकका पर्यटन उद्योगमा कार्यरत नेपालीहरुको कमाइ पनि प्रभावित भएको छ । त्यसैगरी युरोप, अमेरिका, अष्ट्रेलिया आदि देशबाट नेपाल जाने रेमिट्यान्स पनि केही समयलाई प्रभावित हुने देखिन्छ । यसले गर्दा सर्वसाधारण उपभोक्ताको खर्च गर्न सक्ने क्षमता कमजोर भएको छ । बैंकमा तरलताको अभाव छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !